वैवाहिक जीवनमा बाँधिईन् स्वेता
नायिका स्वेता खड्का वैवाहिक जीवनमा बाँधिएकी छिन्। सोमबार काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्र सिंह राउतसँग उनले विवाह गरेकी हुन् ।
विभिन्न सञ्चारमाध्यममा यस अघि नै उनको विवाहको बारेमा समाचार सार्वजनिक भइसके पनि नायिका खड्काले भने बिहेको अघिल्लो दिन आइतबार मात्र फेसबुक मार्फत् विवाहको औपचारिक जानकारी दिदै मेहेन्दीका तस्बिरहरू सार्वजनिक गरेकी थिइन्।
यसअघि उनको नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह भएको थियो। विवाह भएको दुई दिनमै श्रीकृष्ण बिरामी भएका थिए । उपचारकै क्रममा २०७१ साउन २५ गते उनको निधन भएको थियोे ।
स्वेताले श्रीकृष्णसँगै ’कहाँ भेटिएला’मा अभिनय गरेर चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । त्यसपछि उनिले कोहिनुर’, ’कान्छी’ मा समेत अभिनय गरेका छन्।

Pingback: https://leonax.net/
Pingback: Pain Relief Pills
Pingback: เว็บพนันออนไลน์