सन्देश लामालाई भोटिङका लागि सहयोग जुट्दै

दिव्य रोशनी(धरान)/ नेपाल स्टारको टप टेनमा आउन सफल उदियमान गायक सन्देश बम्जन लामालाई भोटिङका लागि आर्थिक सहयोग स्वःस्फुर्त जुट्दै आएको छ।
सुनसरीकै एक मात्र प्रतिष्पर्धी गायक लामालाई धरानका विभिन्न संघसंस्था, पेशाकर्मी, उद्योगी, व्यवसायी, खेलकर्मी तथा संगीतप्रेमीहरुबाट नेपाल स्टारमा प्रथम बनाउन निरन्तर सहयोग जुट्दै आएको हो । यसैबीच नेपाल तामाङ घेदुङले पनि लामालाई पहिलो चरणमा १२ हजार ९ सय रुपैयाँ एक कार्यक्रमका बीच सहयोग प्रदान गरेको छ । घेदुङले लामालाई विजयी गराउन वडास्तरबाटै निरन्तर अभियान सञ्चालन गर्ने बताएको छ ।
नेपाल तामाङ घेदुङ, धरानको राष्ट्रिय वाणिज्य बैंक, धरानमा रहेको खाता नं. २१६०००३१२१०१ मा स्वेच्छिक रुपले सक्दो रकम जम्मा गरी सहयोग गर्न र प्रत्येक शनिवार राती ८ः५० देखि बिहिवार राती १२ बजेसम्म ल्क्ज्ञघ टाइप गरी ३३००१ मा सक्दो एसएमएस गर्न समेत घेदुङले स्वदेश तथा विदेशमा रहेका सुनसरी जिल्लावासी महानुभावहरुलाई अपिल गरेको छ।
गायक लामालाई टप टेनसम्म ल्याउन निरन्तर सहयोग गर्नुहुने सबै संघसंस्था र महानुभावहरुप्रति घेदुङले हार्दिक आभार एवम् कृतज्ञता व्यक्त गर्दै सहयोगी सबैको घेदुङद्धारा सदैव उच्च मूल्यांकन हुने समेत जनाएको छ ।
कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले, सुनसरी जिल्ला अध्यक्ष सुरज पाख्रिन, जिल्ला उपाध्यक्ष पृथ्वीबहादुर मोक्तान, धरान नगर अध्यक्ष पे्रम वाइवा, नगर सहसचिव सुर्यबहादुर घिसिङ, महिला घेदुङका सुनसरी अध्यक्ष विष्णु मोक्तान, पूर्व नगर अध्यक्ष तारा लामा, ८ नं. अध्यक्ष शरणबहादुर बम्जन, १५ नं. अध्यक्ष टंक योञ्जन, नगर सदस्यद्धय चित्र पाख्रिन र रणमाया घिसिङ, नगर सल्लाहकार जीतबहादुर पाख्रिन, युवा घेदुङका सचिव हर्कबहादुर योञ्जन, गायक लामाका बुवा पशुपति बम्जन लामा, अभियानकर्मी रोहन केसी समेतको उपस्थिति रहेको थियो।

2,227 thoughts on “सन्देश लामालाई भोटिङका लागि सहयोग जुट्दै

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *