सुनसरीमा जेठ १५ गतेसम्म लक डाउन हुनेः खाद्यान्न तथा तरकारी पसल पनि बन्द हुने

दिव्य रोशनी(धरान)/ कोरोना संक्रमणदर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले आगामी जेठ १५ गतेसम्म लक डाउन थप गर्ने निर्णय गरेको छ।
यसअघि प्रशासनले बैशाख ३१ गतेसम्मका लागि लक डाउन गर्ने निर्णय गरको थियो। आज बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले आगामी जेठ १५ गतेसम्म लक डाउन थप गर्ने निर्णय गरेको हो।
प्रशासनद्धारा जारी आदेशमा यसअघि खाद्यान्न, तरकारी तथा फलफुल पसल बिहान १० बजेसम्म खुल्ला गरेतापनि बैशाख ३१ गतेबाट पूर्ण रुपमा बन्द हुने जनाएको छ। साथै तरकारी र फलफुल स्थानिय तहको समन्वयमा उद्योग वाणिज्य संघको सक्रियतामा बिहान ८ बजेसम्म घरघरमा पुर्याउने व्यवस्था गर्न समेत आग्रह गरिएको छ। प्रशासनले औषधी र स्वास्थ्य सामाग्री तथा इन्धन व्यवसाय सम्बन्धी पसल (पेट्रोल पम्प, ग्याँस सिलिन्डर) बाहेक अन्य सबै पसल व्यवसाय बन्द रहने जनाएको छ। यसको साथै औषधी खरिद र उपचारका लागि बाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन, सरकारद्धारा तोकिएको स्वास्थ्य मापदण्ड अनिवार्य प्रयोग गर्न, कुनै पनि स्थानमा भेला, जमघट, पार्टी, भोज, सभा सम्मेलन नगर्न र कोभिडको लक्षण देखिएमा तुरुन्त नजिकका स्वास्थ्य संस्थामा जानका लागि समेत अपिल गरेको छ ।
यसैगरी प्रशासनले सरकारी कार्यालय, बैँक तथा वित्तिय संस्था, बिमा एवं राष्ट्र बैँकबाट इजाजत प्राप्त सहकारी संस्थाहरुले आफ्नो कार्यालय र कर्मचारीको अवस्था हेरेर माथिल्लो निकायको स्वीकृति लिई आलोपालो सेवा प्रवाह गर्न पनि निर्देशन दिएको छ।
त्यस्तै, सार्वजनिक एवं निजी सवारीको हकमाभने एम्बुलेन्स, दमकल, खानेपानी, इन्धन, स्वास्थ्य, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, मासु तथा मासुजन्य पदार्थ बोकेका सवारी साधन सञ्चालन हुन पाउनेछन्। त्यस्तै, इन्टरनेट, फोहरमैला व्यवस्थापन, कुरियर तथा डाकसेवा लगायतका साधन सञ्चालन गर्न पाउनेछन्भने अन्य सबै सवारी साधन पूर्ण रुपमा बन्द गर्न प्रशासनले निर्देशन दिएको छ।
प्रशासनद्धारा जारी आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग निन्त्रण ऐन २०२० अनुसार कानुन बमोजिम कारवाही समेत गरिने प्रशासनले जनाएको छ।

3,738 thoughts on “सुनसरीमा जेठ १५ गतेसम्म लक डाउन हुनेः खाद्यान्न तथा तरकारी पसल पनि बन्द हुने

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *