याक्थुङ चलचित्रकर्मी संघको एक हप्ते चलचित्र निर्माण तथा अभिनय कार्यशाला

दिव्य रोशनी (धरान)/ धरानमा एक हप्ते चलचित्र निर्माण तथा अभिनय सम्बन्धी कार्यशाला शनिवार सम्पन्न भएको छ।
याक्थुङ चलचित्रकर्मी संघ नेपाल केन्द्रिय कार्यलय धरानले गत चैत्र ११ गतेबाट आयोजना गरेको एकहप्ते कार्यशाला शनिवार धरान १५ बगरकोट स्थित मेन्याङ्वो कल्याणकारीको सभाहलमा सम्पन्न भएको हो। समापन कार्यक्रममा धरान उपमहानगरपालिका वडा नम्बर १५ का वडाका वडाअध्यक्ष नरेश ईवारम प्रमुख अतिथी रहेका थिए। उनले धरानमा केन्द्रिय कार्यलय भएको याक्थुङ चलचित्रकर्मी संघले चलचित्र सम्बन्धि गतिविधि आफ्नै वडामा गरिरहेको बताउदै आफुलाई औधी निकै खुशी लागेको बताए। प्रमुख अतिथी वडाअध्यक्ष ईवारमले कला समाजको ऐना भएकोले चलचित्र सम्बन्धी गतिविधी हुनु राम्रो कुरा भएको बताए। उनले अगामी दिनहरुमा याक्थुङ चलचित्रकर्मी संघलाई सहयोग गर्ने प्रतिवद्ध्ता जनाउँदै अगामी आर्थिक वर्षमा संघले वडामा प्रस्तवना पत्र लिएर आउन समेत आग्रह गरे।


कार्यक्रममा याक्थुङ चलचित्रकर्मी संघका अध्यक्ष नबिन मेन्याङबोले दुइ वर्ष भित्र संघले दर्जन बढी कार्यक्रमहरु सम्पन्न गरेको बताए । उनले अग्रजलाई सम्मान र नव आगन्तुकलाइ प्रोत्साहन गर्नपर्छ भन्ने उद्देश्य साथ संघ निरन्तर लागी परेको बताउँदै याक्थुङ चलचित्रकर्मीसंगै अन्य चलचित्रकर्मीहरुलाई पनि सहयोग गर्दै आएको जानकारी दिए। सोहीक्रममा अध्यक्ष मेन्याङ्वोले आफुहरु नेपाली चलचित्र उद्योग कुन गतीमा हिडेको छ, कसरी चल्नु पर्छ भन्ने खोजिको आन्दोलनमा हिडेको बताए। उनले बिश्व बजारमा नेपाली चलचित्र हेर्ने सक्ने बनाउन नेपाली स्वाद भएको फिल्म बनाउन पर्ने बताए। उनका अनुसार हाल संघमा १५० भन्दा बढी कृयाशिल सदसहरु रहेका छन्।
कार्यशालामा ३५ जना प्रशिक्षार्थीहरु सहभागी रहेका थिए। कार्यशालालाई मुन्धुमविद तथा कलाकार याशेली योङ्हाङ, कलाकार तथा निर्देशक प्रेम सुब्बा, अनाम रंगमंच धरानका अध्यक्ष निर्देशक बिजय सुब्बा तथा संघका अध्यक्ष नबिन मेन्याङ्बोले सहजीकरण गरेका थिए। एक हप्ते कार्यशालामा चलचित्र निर्माण, अभिनय, स्क्रिप्ट लेखन, क्यामेरा चलाऊने, चलचित्र निर्देशन, सम्पादन लगायत आधारभूत ज्ञानहरु प्रदान गरिएको संघका केन्द्रिय सचिव उदय कुरुम्बाङले जानकारी दिए। उनले कार्यशालामा नव कलाकारहरु संगै तीन दशकदेखी चलचित्र क्षेत्रमा लागेका कलाकारहरु पनी सहभागी रहेको सचिव कुरुम्बाङले बताए।
कार्यशालालाई एक हप्ता सम्म चारजना प्रशिक्षकले बिभिन्न बिषयमा सहजीकरण गरेका थिए। कार्यशालाको समापनमा सहभागी १५ जना प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथी वडाअध्यक्ष ईवारमले प्रमाण पत्र प्रदान गरेका थिए। कार्यक्रममा पुर्व सांसद जयकुमार राई, एमाले नेताद्वय मुरारी सुवेदी, नारायण सुवेदी, कलाकार किशोर सम्बाहाम्फे, रितेश जङ खत्री लगायतको उपस्थित रहेको थियो। (दिव्य रोशनी साप्ताहिकबाट)