धरानमा ज्येष्ठ नागरिकहरुलाई कोभिड १९ विरुद्धको खोप (भेरो सेल) लगाउन सुरु

दिव्य रोशनी(धरान) / धरानमा कोभिड १९ विरुद्धको खोप लगाउन शुरु गरिएको छ।
चिनियाँ अनुदानमा प्राप्त भएको भेरोसेल खोप धरानको छाताचोकस्थित स्वास्थ्य चौकीमा आजदेखि ज्येष्ठ नागरिकहरुलाई लगाउन शुरु गरिएको हो । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरानमा भेरो सेल खोप २ हजार १ सय ६० डोज आएको छ । धरानमा जेठ २५, २६ र २७ गतेसम्म तीन दिन खोप लगाईने मेहेताले जानकारी दिनुभयो । स्वास्थ्य प्रमुख मेहेताका अनुसार आज बिहान १० बजेदेखि खोप ६० वर्षदेखि ६४ वर्ष उमेरसम्मका ज्येष्ठ नागरिकहरुलाई लगाउन शुरु गरिएको छ । गत फागुनमा कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, ज्येष्ठ नागरिक, कर्मचारी लगायतलाई भारतले अनुदान दिएको खोप कोभिसिल्ड लगाइएको थियो। उनीहरुका लागि दोस्रो डोजको खोप आगामी असार पहिलो सातादेखि लगाउने स्वास्थ्य महाशाखाले जनाएको छ ।
धरान उपमहामहानगरपालिकाका मेयर तिलक राई, उपप्रमुख मञ्जु भण्डारी र प्रशासकिय अधिकृत विदुर प्रसाद खनाल पनि भेरो सेल खोप लगाएको स्थानमा स्थलगत निरिक्षण गर्न पुग्नु भएको थियो।

378 thoughts on “धरानमा ज्येष्ठ नागरिकहरुलाई कोभिड १९ विरुद्धको खोप (भेरो सेल) लगाउन सुरु

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *