तेस्रो हाम्रो धरान भेट्रान कपः डिफेन्डिङ च्याम्पियन हाम्रो ईटहरी भेट्रान सेमिफाईनलमा

दिव्य रोशनी(धरान)/ पाहुना टोली सिमरा भेट्रानलाई हराउँदै डिफेन्डिङ च्याम्पियन हाम्रो ईटहरी भेट्रान फुटबल क्लव धरानमा जारी तेस्रो हाम्रो धरान भेट्रान कपको सेमिफाईनलमा प्रवेश गरेको छ।
हाम्रो धरान भेट्रान फुटवल क्लबको आयोजनामा सोमवार धरान रंगशालामा भएको खेलमा सिमरा भेट्रानलाई ० का विरुद्ध ५ गोल गर्दै हाम्रो ईटहरी भेट्रान फुटबल क्लव सेमिफाईनलमा प्रवेश गरेको हो। खेलमा हाम्रो ईटहरी भेट्रानका लिलाराम मगरले खेलको २७ औं मिनेटमा पहिलो गोल गरेका थिएभने दिपेन राईले २९ औं मिनेटमा गोल गरी मध्यान्तर सम्म टिमलाई २–० को अग्रता दिलाएका थिए। यसैगरी मध्यान्तर पछिको दोस्रो र २५ औं मिनेटमा हाम्रो ईटहरी भेट्रानका लागी सन्तोष राईले व्यक्तिगत २ गोल गरेका थिएभने निर्मल तामाङले २८ औं मिनेटमा गोल गरेका थिए। पाहुना टोली सिमराका तर्फबाट कुनैपनि गोल हुन नसकेपछि हाम्रो ईटहरी भेट्रान ५–० गोल अन्तरले विजयी बन्यो। खेलको म्यान अफ दि म्याच हाम्रो ईटहरी भेट्रानका निर्मल तामाङ घोषित भए। उनले नगद २ हजार सहित मेडल प्राप्त गरे। बुधवार हुने सेमिफाईनल खेलमा डिफेन्डिङ च्याम्पियन हाम्रो ईटहरी भेट्रानले राजारानी भेट्रानको सामना गर्नेछ।


प्रतियोगिता अन्तर्गत भोली मंगलवारको पहिलो सेमिफाईनल खेल दुधे भेट्रान र धरान भेट्रानका बीच दिनको ठिक ३ः३० बजे हुने प्रतियोगिताका म्याच कमिस्नर ईन्द्र थापा मगरले बताए। यही बैशाख २२ गते हुने उक्त प्रतियोगिताको बिजेताले ट्रफि सहित १ लाख ५ रुपैया र उपविजेताले ६० हजार ५ रुपैया सहित ट्रफि प्राप्त गर्नेछ । त्यस्तै ईण्डिभिजुअल पुरस्कार तर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट कोचले जनही नगद ३ हजार सहित मेडल र ट्रफी प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ताले नगद ४ हजार र प्रतियोगीताका उत्कृष्ट खेलाडीले नगद ५ हजार सहित मेडल र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ।
गत बर्ष हाम्रो ईटहरी भेट्रान क्लब विजेता बनेको थियोभने धरान भेट्रान उपविजेता बनेको थियो।