तमू ल्होसारको अवसरमा कांग्रेसको शुभकामना आदनप्रदान

दिव्य रोशनी(धरान)/ नेपाली कांग्रेस क्षेत्र नं १ सुनसरीले गुरुङ समुदायको महान् चाँड तमू ल्होसारको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रमको आयोजना गरेको छ।
सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा विहिवार आयोजित शुभकामना कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि शमसेर राई प्रमुख अतिथी रहेका थिए। उनले भाषा मरे जाती मर्ने र भाषा बाँचे सँस्कृति संगै जाती पनि बाच्ने भएकाले यसको संरक्षण गर्न कांग्रेस लागी परेको बताए। उनले गुरुङ समुदायको चाँड लोसारलाई लक्षित गरेर कांगे्रसले शुभकामना कार्यक्रम गरेकोमा धन्यवाद समेत दिए।


सोहीक्रममा मन्त्रि राईले कोशी सरकारमा पहिचानबारे बहस चलेको बताउँदै मुख्यमन्त्रिपनि यसैको दौडाहामा लागिपरेको जानकारी दिए। उनले नामाकरण मात्र पहिचानको अन्तिम बिन्दु नभएको बताउदै सबैको सहमती र भावनालाई सम्बोधन हुने प्रयास गरिने बताए। उनले तमोरबाट पानी ल्याएर विद्युत उत्पादन गरीने र धरानलाई जलमग्न बनाईने बताए। जसका लागी लगानीकर्ताहरुसंग दोस्रो चरणको छलफल सकिएकाले चाडै नै काम शुरु हुने उनको भनाई थियो।
यसैगरी प्रदेश सांसद तथा ने.का. भोजपुर सभापति विनोद बान्तवाले कोशी प्रदेशको नामाकरण गर्दा गर्दै हाम्रा असहमती भएपनि पार्टीको ह्विपका कारण कोशीको पक्षमा मतदान गर्नुपरेको बताए। उनले पहिचानवादी साथीहरुलाई पहिचानवादीहरुको किर्ती राख्न एकले अर्कालाई अतिवादी नभईकन अरुको अधिकार हनन् नगरि माग राख्न समेत अनुरोध गरे। उनले भने “ सबै वर्गले माग राखेको पुरा नहुन सक्छ त्यसैले पहिचानको नाममा एउटा बिन्दुमा आउन जरुरी छ।”
यसैगरी ने.का. जिल्ला सचिव माधव घिसिङले संघिय लोकतान्त्रिक गणतन्त्र ल्याउन कांग्रेसले महत्वपूर्ण भूमिका निभाएको बताउदै त्यही लोकतान्त्रिक व्यावस्थामाथि राष्ट्र प्रमुख र कार्यकारी प्रधानमनित्रको फोटो हटाएर मेयर साम्पाङले धावा बोलेको बताए। उनले मेयर साम्पाङ नसच्चिए उहाँलाई नै भारी हुने समेत चेतावनी दिए। त्यस्तै ने.का. नगरसभापति श्याम पोख्रेलले जनताले निर्वाचित गरेको मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रिको फोटो हटाएकोमा कांग्रेसले घोर आपत्ति व्यक्त गरेको बताए। उनले लोकतन्त्रको लागी फेरि धराने जनताले युद्धगर्नुपर्ने अवस्था आएको बताउदै सबै कार्यकर्ताहरुलाई तम्तयार भएर बस्न आग्रह समेत गरे। उनले भने “कानुन नमान्ने मान्छेलाई मेयर भएर बस्ने अधिकार छैन।धरानमा कुनै व्यक्तीको निरंकुशता चल्दैन, धरान यो देशको भिन्नै टापु हैन।”
त्यस्तै तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका जिल्ला अध्यक्ष धिरज गुरङले तमू ल्होसारलाई प्राथमिकता दिएर कार्यक्रम गरेकोमा आयोजक प्रति धन्यवाद प्रकट गरे। उनले एकअर्काको जाती र संस्कारलाई सम्मान गरिएमात्र हामीले पनि सम्मान पाउने बताउँदै सबै जातीको चाँडलाई सबैले सम्मान गर्नुपर्ने बताए।
कार्यक्रममा कांग्रेस नेतृ मिना पुलामी, वडाअध्यक्ष मुरारी भट्टराई, प्रदेशसभा १(१) का सभापति अनिल श्रेष्ठ लगायतले ल्होसारको शुभकामना दिएका थिए।
कांग्रेस क्षेत्र नं १ का सभापति सुजेन्द्र तामाङको सभापतित्वमा सम्पन्न सो कार्यक्रमलाई सचिवद्धय महेन्द्र प्रधान र केशव पुरीले संचालन गरेका थिए।