सुनसरी १ मा प्रतिनिधीसभातर्फ घण्टी र छाता बिच १९२ मतको फरक
दिव्य रोशनी (धरान)/ सुनसरी क्षेत्र नं १ प्रतिनिधीसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टी(घण्टी) का सरिन (गोमा)तामाङ र जसपाको चुनाव चिन्ह छाता(अशोक राई) बिच १९२ को मतान्तर रहेको छ।
निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालका अनुसार शनिवार साँझ ७ः४५ बजेसम्म प्रतिनिधीसभातर्फको ५६ हजार ८ सय ७२ मत गणना हुदा राष्ट्रिय स्वतन्त्र पार्टी(घण्टी) का सरिन (गोमा)तामाङले ११५३३ मत ल्याएकि छिन्भने जसपाको चुनाव चिन्ह छाता(अशोक राई) ले ११३४१ मत ल्याएर पछ्याउदैंछन्। यसैगरी नेकपा माओवादीको चुनाव चिन्ह हसिया हथौडा (मुक्साहाङ मेन्याङवो)ले ९०४७ मत पाएका छन्।
यसैगरी खरायो(मनोज मेन्याङवो)ले ६४४२ मत प्राप्त गरेको छभने राप्रपाको चुनाव चिन्ह हलोले ५३६९, लाउड स्पीकरले १९३, ढाका टोपीले १४०, कुखुराको भालेले १३५, दाप सहितको खुकुरीले ५७७, पाँचकुने ताराले १९७, पानीको फिल्टरले १५४, घन्टाघर(कुमार कार्की)ले १५५१, क्रस खुकुरीले २२७, चापाकलले ९९, तिलहरी ३८, पानीको जारले ३६२९, सुर्यमुखी फुलले १५९८, पुतली ४५, छत्रेटोपी ११५ र सेलरोटीले ३३७ मत ल्याएका छन्।

Pingback: snus
Pingback: superkaya88
Pingback: หวยออนไลน์