१७ औ ललित अम्वर डिपो कपः
शनिवार पुलिस, इस्टर्न एकेडेमि र प्रभात स्कुल विजयी

दिव्य रोशनी(धरान)/ १७ औ ललित अम्वर डिपो कपको दोस्रो दिन शनिवार भएको खेलमा पुलिस स्कुल, इस्र्टन एकेडेमि र प्रभात स्कुल विजयी भएका छन ।
शनिवारको खेलमा पुलिसले एक्वा स्कुललाई टाईब्रेकरमा ४–२, इस्टर्नले वराह राइजिङ्ग स्कुललाई १–० र प्रभात स्कुलले लिवर्टि स्कुललाई ३–० गोल अन्तरले पराजित गरेका छन । पहिलो खेलमा पुलिस र एक्वा स्कुल विचको खेल निर्धारित समयमा १÷१ वरावरी गोलमा सकिएपछि खेल टाइव्रेकरमा धकेलिएको थियो । खेलमा पुलिसको तर्फवाट यारेन भुजेल र एक्वाको तर्फ वाट दिप्सन मगरले गोल गरेका थिए । टाइव्रेकरमा पुलिसको तर्फवाट आदित्य राई, प्रिन्सकुमार माझि, जोनि लिम्वु र दव्यनास विकले गोल गरे । पुलिसका यारेन भुजेलको प्रहार भने गोलकिपरले रोकेका थिए । यसै गरि एक्वा स्कुलको तर्फवाट ससिन मगर र आकाश कार्कीले गोल गरे। दिप्सन मगर र विपन तामाङको प्रहार गोकिपरले रोकेका थिए।
यसैगरी शनिवार नै भएको दोस्रो खेलमा इस्र्टन एकेडेमिका रेमन राईले निर्णायक गोल गर्दै टिमलाई जित दिलाएका छन् । तेस्रो खेलमा जित निकालेका प्रभात स्कुलका रिदम पाण्डे, नेसोङ मगर र युनिस गुरुङ्गले गोल गरेका थिए ।
पहिलो चरणको खेलमा हार संगै एक्वा एकेडेमि, वराह राइजिङ्ग र लिवर्टि स्कुल लेट दिलकुमार प्लेट च्याम्पियनमा प्रवेश गरेका छन् । प्रतियोगिताको पहिलो चरणमा पराजित ८ टिमले दिलवहादुर प्लेट च्याम्पियन खेल्नेछन ।


शनिवार भएको खेलको म्यान अफ द म्याच एक्वा एकेडेमिका ससिम मगर, वराह राइजिङ्गका शिसिर कार्की र लिवर्टी स्कुलका गोलकिपर युकेश लिम्वु घोषित भए । उनिहरुलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो ।
मंशिर १६ गते सम्म संचालन हुने प्रतियोगितामा सुनसरी भरिका १६ टिमले सहभागिता जनाएको छ । प्रतियोगिताका विजेताले नगद दस हजार, उपविजेताले नगद ५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगिताको उत्कृष्ट खेलाडि र हाइ स्कोररले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।
यसैगरि लेट दिलवहादुर प्लेट च्याम्पियनका विजेताले नगद ३ हजार र उपविजेतालो नगद २ हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
भोलि आईतवारको खेल धरान लिगामेन्ट र हिविकस, नोवेल एकेडेमि र हिमशिखर, दिल्लि पव्लिक र इमानुयल र देउरालि एकेडेमि र विष्णु मेमोरियल स्कुल विच हुनेछ।

11 thoughts on “१७ औ ललित अम्वर डिपो कपः<br>शनिवार पुलिस, इस्टर्न एकेडेमि र प्रभात स्कुल विजयी

टिप्पणीहरू are closed.