धरानमा बहुजातीय सांस्कृतिक धिमेवाजा तथा जातिय साँस्कृतिक नृत्य प्रतियोगिता हुने

दिव्य रोशनी(धरान)/ धरानमा बहुजातीय सांस्कृतिक धिमेवाजा, बांसुरी वाद्यवादन तथा जातिय लोक साँस्कृतिक नृत्य प्रतियोगिता (धें धें वल्ला २०८०) हुने भएको छ ।
नेवाः सांस्कृतिक उत्थान मन्च धरानको आयोजना तथा धरान उपमहानगरपालिका एवं नेवाः देय् दबू धरान प्रबद्र्धक रहेको उक्त प्रतियोगिता यहि पुष २७ गते धरान ७ स्थित सिद्धि नेवा परिषदमा आयोजना हुन लागेको हो। बुधवार धरानमा आयोजित पत्रकार सम्मेलनमा मंचका ममता टमोटले बेरोजगार युवाहरुलाई आफनो जातीय संस्कृति, सस्कार, कला सिकाई गरी कुलत दुव्र्यंशनीबाट उन्मुक्त गराई देशको विकासमा टेवा पुन्याउने लक्ष्यका साथ प्रतियोगिताको आयोजना गर्न लागएिको बताए। उनीले यस्ता खाले प्रतियोगिताबाट बहुजातीय सांस्कृतिक धिमेबाजा, बांसुरी बाद्यवाद, राष्ट्रिय मौलिक जातीय लोक नृत्य प्रतियोगिताको जर्गेना गर्न टेवा मिल्ने पनि बताए ।


यसैगरी पत्रकार सम्मेलनमा नेवाः देय् दबू धरानका अध्यक्ष मनोहर शाक्यले विगतका वर्षहरुमा यस्ता प्रतियोगिताहरु बन्द कोठाभित्र आयोजना गर्दै आएपनि यसपटक सिद्धी नेवा परिषदको खुल्ला प्रङगणमा हुने जानकारी दिए। उनले सहभागी सबै कलाकारहरुलाई निःशुल्क प्रशिक्षण दिएको बताउदै धरानका वडाहरु ७,१४,१५, र नेवाः सांस्कृतिक कला पुञ्जका नया विद्यार्थीहरु बिच प्रोत्साहन निमित्त प्रतियोगितात्मक कार्यक्रम राखिएको जानकारी दिए। आजभन्दा ९ वर्ष अगाडि २०७१ सालदेखि सुरु गरिएको यो कार्यक्रम २ बर्ष चौक चौकमा आयोजना गरिएको थियोभने २ वर्ष धरानको भानुचौक स्थित वरपिपल चौतारीमा समेत आयोजना गराईएको थियो ।
उक्त कार्यक्रमको मुख्य आकर्षण पौराणिक १५ सय वर्षदेखि ५ हजार बर्ष पुराना नेवार जातिको आफ्नै मौलिक बोकेको चर्या नृत्य देवी देवताको नृत्य देखाईनेछ।