दोस्रो श्रवणकुमार मेमोरियल डिपो बास्केटवल कपको उपाधि होलिल्याण्ड स्कुललाई

डिपो स्कुलको आयोजना तथा धरान बास्केटवल संघ र सुनसरी बास्केटवल संघको सहयोगमा संपन्न दोस्रो इन्टर स्कुल मेजर श्रवणकुमार मेमोरियल डिपो वास्केटवल रनिङकपको उपाधि होलिल्याण्ड स्कुलले जितेको छ ।
     मंगलवार भएको फाइनल खेलमा होलिल्याण्डले प्रभात स्कुललाई ३८–२३ अंकको अन्तरले पराजित गर्दै दोस्रो पटक उपाधि जितेको हो । गत सालको पहिलो संस्करणको उपाधि समेत होलिल्याण्ड स्कुलले जितेको थियो । खेलको प्रत्येक क्वाटरमा होलिल्याण्ड स्कुल र प्रभात स्कुलले ६–३, १९–५, ९–६ र ४–९ अंक जोडेका थिए । फाइनल खेलमा होलिल्याण्डका युकुहाङ लिम्वुले व्यक्तिगत ८ अंक जोडेका थिए । यसैगरि प्रतियोगिताका हाइस्कोरर उपाधि विजेता प्रभात स्कुलका लियोन राईले व्याक्तिगत १२ अंक जोडे । उनले प्रतियोगिता अवधिभरि व्यक्तिगत ८० अंक जोड्दै हाइस्कोररको उपाधि चुमेका हुन ।
प्रतियोगिताका उपाधि विजेता होलिल्यण्ड स्कुलले नगद पुरस्कार पन्ध्र हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेता प्रभात स्कुलले नगद सात हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट खेलाडि मोस्ट भ्यालुएवल प्लेयरको उपाधि होलिल्याण्ड स्कुलका पारस रोया घोषित भए । प्रतियोगिताभरि उनको उत्कृष्ट प्रदर्शनले होलिल्याण्ड स्कुलले उपाधि जित्न सफल भएको थियो । उत्कृष्ट खेलाडि र हाइस्कोर उपाधि विजेताले जनहि नगद एक हजार रुपैया, लेखक जनकऋषि राई द्धारा लिखित पुस्तक, ट्रफि र प्रमाणपत्र प्राप्त गरे । उनिहरुलाई कार्यक्रमका सभाध्यक्ष डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष क्याप्टेन अम्मर वहादुर लिम्वु, प्रमूख अतिथि कोशि प्रदेश सांसद माननिय रमेश वस्नेत, विशेष अतिथि डिपो स्कुल सार्वजनिक गुठि संस्थाका अध्यक्ष भिमराज लिम्वु, सुनसरी बास्केटवल संघ अध्यक्ष नारायण सुवेदि, व्यवस्थापन समिति सदस्य सुर्य पन्धाक, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, डिपो क्याम्पस प्रमुख राजकुमार राई लगायतले पुरस्कार वितरण गरेका थिए ।

 डिपो स्कुललाई यहा सम्म ल्याइपुर्याउन लामो समय महत्वपुर्ण योगदान दिनु भएका दिवंगत मेजर श्रवणकुमार लिम्वुको सम्मान तथा स्मृतिमा गत साल देखि विद्यालय स्तरिय बास्केटवल प्रतियोगिताको आयोजनाको सुरुवात गरिएको हो । प्रतियोगिता आयोजनाका लागि डिपो स्कुल र दिवंगत मेजर श्रवणकुमार लिम्वुको परिवार विच सहकार्य रहेको छ । मेजर श्रवणकुमारले डिपो स्कुल व्यवस्थापन समिति वरिष्ठ सल्लाहकारको रुपमा १५ वर्ष, डिपो सार्वजनिक शैक्षिक गुठि व्यवस्थापन समिति अध्यक्ष १९ वर्ष  र व्यवस्थापन समितिको अध्यक्षमा १६ वर्ष लामो समय नेतृत्वमा रहि डिपो स्कुल विकासमा योगदान रहेको विद्यालयले जनाएको छ । वहाकै पालामा डिपो स्कुलमा प्लस टु र व्याचलर लेवल अध्यपन सुरु भएका थिए । उनको कोरोना महामारिको कारण २०७८ साल श्रावण १५ गते निधन भएको थियो ।
प्रतियोगितामा १४ वटा विद्यायलले सहभागिता जनाएको थियो ।