दशैंमा सांस्कृतिक सहिद रिदामा राम्लिहाङको श्रद्धाञ्जली सभा

धनकुटा / दशै नमानेको आरोपमा हत्या गरिएका धनकुटाका रिदामा र राम्लिहाङको स्मरण गर्दै श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।
किरात आठपहरिया केन्द्रिय समितिको आयोजनामा धनकुटा नगरपालिका स्थित चोङ्सोङ्मा भन्ने स्थानमा सांस्कृतिक सहिद रिदामा र राम्लिहङको पुर्ण कद रहेको शालिकमा खादा लगाएर श्रद्धाञ्जली सभाको आयोजना गरिको हो। किरात आठपहरिया समाजका केन्द्रिय अध्यक्ष सारकुमारि आठपहरियाले दशैको टिकाको दिनलाई कालो दिन भएको बताईन्। उनिले तत्कालीन शासकले रिदामा र राम्लिहाङलाई दशैं नमानेको आरोपमा तड्पाई तड्पाई मारेको समेत बताईन्। यसरि निर्ममता पुर्वक कुटपिट गर्दा पनि नमरेपछि चोङ्सोङम भन्ने स्थानमा लगेर झुण्ड्याएको बताए ।
श्रद्धाञ्जली सभामा आठपहरिया भाषामा रिदामा र राम्लिङको पिडाको गीत पनि सुनाएका थिए । सभामा मंगोल नेशनल अर्गनाइजेसन डा. गोपाल गुरुङ समुहका संघीय सभा अध्यक्ष बिरलाल वलाहाङको नेतृत्वमा आएका समुहले समेत श्रद्धाञ्जली सहित खादा लगाई स्मरण गरे । तत्कालीन शासकले आठपहरिया समुदायका रिदामा र राम्लिहाङलाई नवमिको दिन दशै नमानेको आरोपमा हत्या गरिएको इतिहासमा उल्लेख छ। किन दशै नमानेको भनेर तत्कालीन शासकले केरकार गर्दा दशै हाम्रो चाड होइन आफ्नै चाडको लागि चोङ्सोङममा पानी चढाई पुजा गर्दै गरेको अवस्थामा पक्राउ गरि क्रुर यातना सहित हत्या गरिएको उल्लेख छ ।
जनयुद्ध कालमा स्थानीय तहमा जनप्रतिनिधि नभएको अवस्था सारकुमारि आठपहरिया पनि दलिय संयत्रबाट कार्यपालिकामा सहभागी भएका थिए । सोहि अवसरमा रिदामा र राम्लिहाङको पुर्ण कदको शालिक बनाउने पहलपछि चोङ्सोङम हालको झुण्डुवामा शालिक निर्माण गरिएको सारकुमारिले बताईन् । दशै पहिला देखि नै नमाउने गरेको बताउदै सारकुमारिले किन नमनाएको भन्ने कुरा तेतिबेला थाहा नभएको बताए । तर पछि थाहा पाएपछि भने शालिक निर्माण गरिएको बताए । उनले नेपालकै पहिलो सहिद भएको दाबि गर्दै रिदामा राम्लिहाङलाई पहिलो सहिद घोषणाको माग निरन्तर गर्दै आईरहेका छन्।

13 thoughts on “दशैंमा सांस्कृतिक सहिद रिदामा राम्लिहाङको श्रद्धाञ्जली सभा

टिप्पणीहरू are closed.