वैदेशिक रोजगारबाट फर्किएका महिलाहरुलाई आमकासको नेतृत्व विकास तालिम

दिव्य रोशनी(धरान)/ आप्रवासी महिला कामदार समूह(आमकास) नेपालले धरानमा वैदेशिक रोजगारबाट फर्किएका महिलाहरुलाई नेतृत्व विकास तालिमको आयोजना गरेको छ।


धरानको होटल ड्रिमल्याण्डमा आयोजित पाँच दिने नेतृत्व विकास तालिम विहिवार सम्पन्न भएको थियो। कार्यक्रममा आमकास नेपालका संस्थापक अध्यक्ष विजया राई (श्रेष्ठ)ले गलत प्रकृयाबाट वैदेशिक रोजगारमा जाने महिलाहरुको संख्या बढ्दै गएकाले त्यसको न्यूनिकरणका लागी स्थानिय तहमा नै वैदेशिक रोजगारबाट फर्किएका महिलाहरुलाई नेतृत्व विकास तालिमको आयोजना गरिएको बताईन्। उनीले उनीले वैदेशिक रोजगारमा जान चाहने महिला दिदी बहिनीहरुलाई यस तालिमले सचेतना बढाउने साथै तालिम लिएका महिलाहरुले गलत तरिकाले वैदेशिक रोजगारमा जान खोजेका महिलाहरुलाई सचेतना जगाउने बताईन्।


यसैगरी कार्यक्रममा सामना नेपालकी अध्यक्ष चेतना श्रेङले अहिलेको समयमा वैदेशिक रोजगारमा जादा आईपर्ने समस्याहरुका बारेमा तालिममा लिएको बताउदै यस तालिम पश्चात आफ्नो समुदायबाट वैदेशिक रोजगारमा जान चाहेका महिला दिदी बहिनीहरुलाई प्रशिक्षण दिनसक्ने भएको बताईन्।
यसैगरी आमकास नेपालका अभिवक्ता सदिच्छा महर्जनले सुसरीमा पनि गलत तरिकाले वैदेशिक रोजगारमा जाने महिला दिदी बहिनीहरुको संख्या बढ्दै गएकाले त्यसको सचेतनाका लागी यस कार्यक्रमको आयोजना गरिएको बताईन्। उनीले वैदेशिक रोजगारमा जान चाहने महिला दिदीबहिनीहरुले सरकारले जारी गरेको निर्देशिकालाई पालना गरेर सुरक्षित रुपमा वैदेशिक रोजगारमा जान समेत आव्हान गरिन्। यसैगरी तालिममा सहभागी धरान ३ कि वडा सदस्य उषा लिम्बुले सरकारले बन्देज लगाएका देशहरुमा रोजगारका लागी नजान अनुरोध गरिन्। उनिले वैदेशिक रोजगारमा जानअघि स्वास्थ्य विमा, श्रम स्विकृती अनिवार्यरुपमा लिएर जानुपर्ने थाहा पाएको बताईन्।
सामना नेपालको सहकार्यमा भएको सो तालिममा आमकासका संस्थापक अध्यक्ष विजया राई , अधिवक्ता सदिच्छा राईले सहजीकरण गरेका थिए। तालिममा सुनसरीका २० जना महिलाहरुको सहभागीता रहेको थियो।