अस्ताए संघर्षशिलः खत्री बम धारामा गरियो अन्त्येष्ठी

दिव्य रोशनी(धरान)/ धरानबाट प्रकाशित हुँदै आएको प्रबोध साप्ताहिक पत्रिकाका सम्पादक स्व.गम बहादुर लम्जेल (लम्जेल संघर्षशिल) को अन्त्येष्टि गरिएको छ।
दशैं टिकाको अघिल्लो दिन नवमीमा निधन भएका लम्जेलको बुधबार धरान १५ स्थित खत्री बम धारामा अन्त्येष्टि गरिएको हो। मुटुरोगबाट पिडित लम्जेल अचानक अस्वस्थ्य भएपछि नवमिको दिन बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारका लागी भर्ना भएका थिए। उनको उपचारकै क्रममा निधन भएको थियो।
स्व. लम्जेलको पार्थिव शरिरामा धरान उपमहानगरपालिकाका उप मेयर अइन्द्र बिक्रम बेघा , नेकपाका नेता पारस लिम्बु लगायतले कम्युनिस्टको झण्डा ओडाएका थिए । उनि कम्युनिस्ट बिचारधाराका थिए।
ईलामको शान्ति डाँडा ४, (हाल देउमाई न.पा.५) मा आमा कौशिल्या तोलाङ्गी र बुबा स्व. रेस बहादुर लम्जेलका एक छोरी र दुई छोरा मध्ये कान्छा सुपुत्रको रुपमा बि.स. २०४१ साल भदौ २९ गते जन्मेका लम्जेल १३ बर्षकै कलिलो उमेरमा कविता लेख्न शुरु गरेका थिए। स्वाधिन साप्ताहिक झापाबाट बि.सं २०५५ सालदेखि ईलामको प्रतिनिधि भै काम गरेका स्व. लम्जेल गुफाथुम्की गर्जन त्रैमासिक साहित्यिक पत्रीका, प्रबोध साप्ताहिक पत्रीकाका सम्पादक र प्रबोध अनलाईनका निर्देशक रहेका थिए।
२०७० सालमा उत्सर्ग नाटक संग्रह र २०७९ सालमा मुक्ति कथा संग्रह प्रकाशित गरिसक्नु भएका लम्जेलको एकैपटक पाँच फरक बिधाको पुस्तकको पान्डुलिपी तयार हुँदै थियो।विभिन्न पत्रपत्रिकाको सम्पादन,दर्जन बढि संस्थाको मुखपत्र र स्मारिका सम्पादन गरिसक्नु भएको संघर्षशिलको मिजार सेवा समाज धरानको रजत जयन्ती स्मारिका २०७६ अविस्मरणीय रहेको छ।
नेपाल पत्रकार महासंघ सुनसरीका साधारण सदस्य, नेपाल साहित्यिक पत्रकार संघका एक नम्बर प्रदेश अध्यक्ष समेत रहेका लम्जेल प्रगतिशिल लेखक संघका केन्द्रिय सदस्य, ईतिहास तथा सामाजिक अध्ययन केन्द्रीय विभाग सचिव, अखिल नेपाल जनसांस्कृतिक महासंघ केन्द्रिय सदस्य, मेची कोशी ब्युरो संयोजक, अखिल नेपाल लेखक संघ केन्द्रिय उपाध्यक्ष, बिहानी जनसांस्कृतिक समाजका महासचिव, साहित्य अनुसन्धान परिषद नेपालका आजीवन सदस्य, छिन्ताङ्ग–सुखानी सांस्कृतिक मन्च नेपालका सल्लाहकार समेत रहेका थिए।

2 thoughts on “अस्ताए संघर्षशिलः खत्री बम धारामा गरियो अन्त्येष्ठी

टिप्पणीहरू are closed.