भालढुंगाले जित्यो अन्तरमावि छात्रा फुटबलको उपाधी(भिडियो सहित)
दिव्य रोशनी(धरान)/ धरान २० स्थित भालढुंगा माविले प्रथम धरान अन्तर मावि छात्रा फुटबल प्रतियोगिताको उपाधी जितेको छ।
विहिवार धरान रंगशालामा भएको फाईनल खेलमा होलील्याण्ड ईन्टरनेशनल बोर्डिङ स्कुललाई ८–० फराकिलो गोल अन्तरले पराजित गर्दै भालढुंगा माविले उपाधी जितेको हो। खेलमा भालढुंगा माविका सुमित्रा राईले एक्लैले ५ गोल गरेका थिएभने संजिता राई र प्रतिक्षा राईले १/१ गोल गरेका थिए। त्यस्तै अर्को १ गोलभने भालढुंगाले आत्मघाती गोल उपहार पाएको थियो।

विजेता भालढुंगा माविले नगद २० हजार प्राप्त गरेको छभने उपविजेतामा सिमित होलील्याण्ड स्कुलले नगद १५ हजार सहित ट्रफि प्राप्त गरेको छ। यसैगरी खेलमा भालढुंगा माविकी विजेता राई म्यान अफ दि म्याच घोषित भईन्भने बेष्ट गोल किपर होलील्याण्ड स्कुलकी कुसुम राई घोषित भईन्। यसैगरी बेष्ट डिफेन्समा भालढुंगा माविकी आयुषा राई, बेष्ट मिड फिल्डरमा होलील्याण्ड स्कुलकी स्मारिका लिम्बु, सर्वोत्कष्ट गोलकर्ता भालढुंगाकी सुमित्रा राई र बेष्ट प्लेयर भालढुंगा माविकी संजिता राई घोषित भईन्। विजयी खेलाडीहरुलाई ट्रफि तथा मेडल प्रदान गरिएको थियो।
धरान उप–महानगरपालिकाको आयोजनामा भएको सो प्रतियोगितामा धरानभरीका १० वटा विद्यालयहरुले सहभागिता जनाएका थिए।
