अव्युदय स्पोर्टस फेस्ट २०२३ः बास्केटबलमा महिला पुरुष डाक्टर्स टिम च्याम्पियन

दिव्य रोशनी(धरान)/ बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सम्पन्न अव्युदय स्पोर्ट्स फेस्ट २०२३ अन्तर्गत इन्टर ब्याच बास्केटबल प्रतियोगितामा डाक्टर्स महिला र पुरुष दुबै टिमले उपाधी चुमेका छन्।
बिहिवार राती भएको फाइनल खेलमा महिला तर्फ डाक्टर्स टिमले आयोजक अव्युदय थर्ड इयर टिमलाइ २०–४ र पुरुष तर्फ डाक्टर्स टिमले आयोजक अव्युदयलाई नै ४७–२० अङ्कको अन्तरले पराजित गर्दै उपाधी चुमेका हुन । फाइनल खेलमा सहज जित निकालेका डाक्टर्स टिमले महिला तर्फको खेलमा डाक्टर्स र अव्युदयले प्रत्यके क्वाटरमा ४–०, ६–०, ८–२ र २–२ अङ्क जोडेका थिए । यसैगरी पुरुष तर्फ डाक्टर्स र अव्युदयले ११–३, १८–३, १०–५ र ८–९ अङ्क जोडे ।


खेलमा महिला तर्फ डाक्टर्स टिमका डा. आशा राईले ब्यक्तिगत १८ अङ्क जोडे भने पुरुष तर्फ डाक्टर्स टिमका डा. अभिनव खम्बुले १६ अङ्क जोडे ।बिजेताहरुलाइ अव्युदय स्पोर्ट्स फेस्ट २०२३ को समापन कार्यक्रममा पुरस्कार बितरण गरिने बास्केटबल प्रतियोगिता संयोजक हार्दिक गोयलले जानकारी गराए ।
थर्ड इयर अव्युदयको आयोजनामा भइरहेको स्पोर्ट्स फेस्ट २०२३ अन्तर्गत क्रीकेट, फुट्बल, भलिबल, टेबलटेनिस, चेस, पावरलिफ्टिङ्ग, रिले रेस, क्यारम्बोर्ड , अनलाइन गेम पबजी , सिओडी र फिफा गेम भइरहेको छ । बास्केटबलमा महिला र पुरुष तर्फ ६÷६ टिमले सहभागिता जनाएको थियो ।
धरान बास्केटबल संघको प्राबिधिक सहयोगमा सम्पन्न बास्केटबल प्रतियोगिताको सम्पुर्ण खेल बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठानको बास्केटबल कोर्टमा सपन्न भएको थियो ।