धरानको खानेपानी व्यवस्थापन गर्न केन्द्रबाट बजेट पठाईने प्रचण्डको उद्धघोष(भिडियो सहित)
दिव्य रोशनी(धरान)/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले धरानको खानेपानी व्यवस्थापन गर्न केन्द्रबाट बजेट पठाईने बताएका छन्।

चुनावी दौडाहाकाक्रममा बुधवार धरान आईपुगेका अध्यक्ष दाहालले धरानको खानेपानी व्यवस्थापन गर्न धरानका मेयर हर्कराज साम्पाङ राई दिनरात लागी परेको बताउँदै धरानको खानेपानी व्यवस्थापनका लागि बजेट उपलब्ध गराईने बताएका छन्।
सोहीक्रममा उनले संविधानसभाबाट संविधान बनेपछि देशमा विकास र समृद्धि हुने सोचिरहेका बेला संविधानमाथि प्रतिगामी तत्वहरुबाट प्रहार भएको बताउँदै यस निर्वाचन, निर्वाचन मात्र नभई जनमत संग्रह भएको समेत बताए।

सोहीक्रममा अध्यक्ष दाहालले धरान गोर्खा भूपू सैनिकको शहर भएको बताउँदै बृटिस सैनिक सरह समान पेन्सनका लागि बृटिस सरकारसंँग वार्ताको लागि पहल भईरहेको समेत बताए। उनले सुकसम्बासी समस्या सामाधान गर्नका लागि गठबन्धन सरकारले लागिपर्ने बताउँदै धरानको विकासका लागि सँधै तत्पर हुने मुक्सामहाङलाई जिताएर पठाएमा धरानको समस्या समाधान गर्नका लागि मन्त्री बनाउन पहल गरिने समेत बताए।
यसैगरी नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतले कार्यकर्ताहरुलाई धरानमा आफ्नो उम्मेद्धार नभएपनि अन्य स्थानमा कांग्रेसको उम्मेद्धारलाई माओवादीले सघाउने भएकाले सबैले गठबन्धनलाई बहुमतले जिताउन अनुरोध समेत गरे।
कार्यक्रममा नेकपा माओवादीका पोलिटव्युरो सदस्य धर्मराज निरौला, प्रतिनिधीसभा सदस्य मुक्सामहाङ मेन्याङ्वो, प्रदेश १(१) का उम्मेद्धवार नेपाली कांग्रेसका उमेश थापा, प्रदेश १(२) का उम्मेद्धवार नेकपा समाजवादीका रेवतीरमण राई लगायतले बोलेका थिए।

Pingback: 3generations
Pingback: dimethyltryptamine song
Pingback: Bolno and Pineles