विश्वको सबैभन्दा ठूलो फुटबल बुट कतारमा
लक्ष्मी दर्नाल(रणपहेली)
दिव्य रोशनी(दोहा, कतार)/ विश्वको सबैभन्दा ठूलो फुटबल बुट कतारमा अनावरण गरिएको छ।
सोमबार सयौं विश्वकपका फ्यानहरु माझ विश्वको सबैभन्दा ठूलो फुटबल बुट कतारमा अनावरण गरिएको हो।
अनावरण गरिएको विश्वको सबैभन्दा ठूलो फुटबल बुट १७ फिट लामो, ७ फिट अग्लो, ५०० केजीभन्दा बढी तौलको र फाइबर, छाला, रेक्सिन, फोम सिट र एक्रिलिक पाना लगायत फुटबलको जुत्ता बनाउन प्रयोगहुने सामग्री प्रयोग गरेर निर्माण गरिएको हो।
यसको रंग सादा सेतो छ। जसमा तीन पातलो रेखाहरू छेउमा राखिएका छन्।
यसले विश्वको सबैभन्दा ठूलो फुटबल बुटको लागि गिनिज वल्र्ड रेकर्ड कायम गर्ने प्रयास गर्ने छ।

Pingback: kode alam
Pingback: Web Hosting
Pingback: qiuqiu99 situs