“फेरीपनि एमालेमा फर्किनु भनेको थुकेको थुक चाटेजस्तै हो” मनोज कुमार मेन्याङ्वो(भिडियो सहित)
दिव्य रोशनी(धरान)/ धरानका पुर्व नगर प्रमुख मनोज कुमार मेन्याङ्वोले आफुले थुकेको थुक नचाट्ने बताएका छन्।
सो कुरा उनले धरानको भानुचौकमा आयोजित चुनावी आमसभालाई सम्बोधनका क्रममा बताएका हुन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधीसभा सदस्य पदका लागि खरायो चुनाव चिन्हबाट उम्मेद्धवारी दिएका नेता मेन्याङ्वोले आफुले चुनाव जितेपनि छाडिसकेको पार्टी एमालेमा फर्किनु भनेको थुकेको थुक चाटे जस्तै भएकाले फेरीपनि एमाले पार्टीमा नफर्किने उद्धघोष गरे। सोहीक्रममा नेता मेन्याङवोले धराने जनताले सँधै बाहिरका व्यक्तिहरुलाई जिताएर पठाउनुपर्ने बाध्यताले गर्दा आफुले उम्मेद्धवारी दिएको बताउँदै आफ्नो उम्मेद्धवारीले अहिले गठबन्धन गरेका ठुला पार्टीहरु समेत तिल्मिलाएको बताए।

नेता मेन्याङवोले हालसम्म जितेका नेताहरुले सुनसरी क्षेत्र नं १ को विकास गर्नुको सट्टा पार्टीका कार्यकर्ताहरुलाई मात्र पोसेको आरोप लगाए। उनले एमाले कांग्रेसका अधिकांश कार्यकर्ता आफ्नो पक्षमा रहेको बताउँदै मंसिर ४ गते गठबन्धनका नेताहरुलाई जनताले सडकमा पुर्याउने दावी गरे। सोहीक्रममा मेन्याङ्वोले आफुले धरानलाई बुझेको र सामाजिक कार्य गर्दै आएकोले उम्मेद्धवारी दिएको बताउँदै उनले सुनसरी क्षेत्र नंं १ को स्वर्णिम विकासका लागि आफुलाई मत दिनुपर्ने बताए। आफु मेयर हुँदा आफ्नो कार्यकालपछि धरानले थुप्रै मेयर र सांसदहरु पाएपनि धरानले विकास निर्माणमा कहिल्यैपनि फड्को नमारेकोले धरानलाई भिजन देखाउने, विकास देखाउनेलाई अहिले भोट लगाउन मतदाताहरु आतुर देखिएको उनको भनाई थियो। उनले चुनावी दौडाहाकाक्रममा सुनसरीका २७ वटै वडामा पुग्दा जनताले स्वागत गरेको बताउँदै आफ्नो जित सुनिश्चित भएको समेत दावी गरे।

आफुलाई मत दिएर जनताले जिताए सुनसरी क्षेत्र नं. १ लाई धरान र गाउँसम्म जोड्न सडक सञ्जाल निर्माण गरिने बताउँदै नेता मेन्याङ्वो धरानदेखि कालाबन्जर, नडाहा र बक्लौरी जोड्ने बाटोलाई प्राथमिकता दिने समेत बताए। उनले धरानको खानेपानी समस्यालाई समाधान गर्न मेयर हर्कराज साम्पाङ राई अहोरात्र लागिपरेको बताउँदै भने –“मेयर साम्पाङको कामलाई म स्यालुट गर्छु। मैले जितेको खण्डमा मेयर साम्पाङसँग हातमा हात र काँधमा काँध मिलाएर खानेपानी समस्या समाधानका उपायहरु खोज्नेछु।”
चुनावी सभामा नेकपा एमालेका पूर्व नगर सचिव ठाकुर बहादुर कार्की, नेपाली कांग्रेसका नेता प्रेम प्रसाद पराजुली, महिला नेतृ दिपा राई, नेकपा एमाले सुनसरी क्षेत्र नं. १ का पहलमान बस्नेत, युवासंघ सुनसरीका निवर्तमान अध्यक्ष गिरीधारी सापकोटा, युवा नेता संजिव भट्टराई, बुद्धिजिवी प्राध्यापक हरि प्रसाद दाहाल लगायतले सुनसरी क्षेत्र नं १ को स्वर्णिम विकासका लागि मनोज कुमार मेन्याङ्वोलाई जिताउन आग्रह गरेका थिए।
Pingback: Magic mushrooms microdose capsules for sale
Pingback: credit cards shop
Pingback: สล็อตเว็บตรง
Pingback: Buy Viagra for hot sex
Pingback: soothing piano
Pingback: หวยยี่กี
Pingback: daftar togel toto online