उद्योग वाणिज्य संघ प्रदेश १ द्धारा नेपाल राष्ट्र बैंक र मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र
दिव्य रोशनी (धरान)/ बैंकहरुको चर्को ब्याजदरका कारण उद्योग व्यवसाय सञ्चालन गर्न नसकिने बताउँदै प्रदेश नं. १ का उद्योगी÷व्यवसायीहरुले आईतबार प्रदेश नं. १ स्थित नेपाल राष्ट्र बैंक तथा मुख्यमन्त्रीको कार्यालयमा १९ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।

नेपाल राष्ट्र बैंकले लागू गरेको चालु पुँजी मार्ग निर्देशन र सोही मार्ग निर्देशनको आडमा बैंक तथा वित्तीय संस्थाहरुले मनोमानी रूपमा गरेको ब्याजदर वृद्धि गरेको कारण आफ्ना उद्योग व्यवसाय सञ्चालन गर्न नसकिने बताउँदै उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का व्यवसायीहरुले सो ज्ञापन पत्र बुझाएका हुन्।

सो ज्ञापन पत्र नेपाल राष्ट्र बैंकको प्रदेश कार्यालय पुगी उवा संघ १ नं प्रदेशका अध्यक्ष टिकाराज ढकाल एवं पदाधिकारीहरुले राष्ट्र बैंकका प्रमुख मीना पाण्डेलाई बुझाएका थिए ।

उवासंघ १ नं.प्रदेशको आव्हानमा आयोजित शान्तिपूर्ण विरोध र्याली देवकोटा चोकबाट शुरु भई नेपाल राष्ट्र बैंकका कार्यालयमा पुगेको थियो। यस पश्चात् उक्त र्याली रोडशेष चौंक मुख्यमन्त्री कार्यालय पुगी मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव किशोर कुमार चौधरीलाई बुझाएको थियो। र्यालीमा प्रदेश नं. १ का १४ जिल्लाका उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो।
Pingback: ร้านตัดแว่น ใกล้ฉัน
Pingback: vegasnow casino