शुक्रवार थप १७९ जनामा कोरोना संक्रमण पुष्टिः १११ संक्रमण मुक्त

(दिव्य रोशनी)/ नेपालमा शुक्रवार थप १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ सय ७९ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७७ हजार ६ सय ४० पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर १ सय ११ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ९ सय ६२ पुगेको छ।
यसैगरी हालसम्म कोरोना संक्रमणबाट ३ हजार ३१ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published.