नयाँवर्षमा भेडेटार नजिकै कार्कीछापमा नयाँ झरना संञ्चालनः प्रवेश निःशुल्क

नरेन कुलुङ/
दिव्य रोशनी(धरान)/
पुर्वकै चर्चित पहाडकी रानी साँगुरीगढि गाउँपालिकाको भेडेटारबाट लगभग २ किलोमिटर दक्षिण कार्कीछाप नजिक प्राकृतिक सुन्दरताले भरिपूर्ण कार्कीछाप झरना सुरुवात भएको छ ।
स्थानीय होटल व्यवासायी किरण राई लगायतको टिमले बिगत एक बर्षदेखी निर्माण र सम्बद्र्धन गरी सुरुवात गरेको कार्कीछाप झरनाको आज बैशाख १ गते बाट शुभरम्भ भएको छ। नेपालको तराई क्षेत्र र भारतको बिहारका मानिसहरुको उत्तम गन्तव्य बन्दै आएको भेडेटार आँफैमा प्राकृतिक सुन्दरताले भरिपूर्ण छदैछ, त्यो सुन्दरतामा अब कार्कीछाप झरना अर्को आकर्षक गन्तव्य बन्ने संचालकको विश्वाश रहेको छ। होटल व्यवासायी किरण राईका अनुसार साँगुरीगढि गाउँपालिकाबाट दुई लाख आर्थिक सहयोग र ५ लाख बराबरको स्थानीय श्रमदानबाट झरना संचालनमा ल्याईएको हो। स्थानिय स्तरमा पर्यटकिय क्षेत्रको बिकास गर्न सरकार लागिपरेको बेला निजी स्रोतबाट नै स्थानिय प्राकृतिक स्रोत साधनलाई संरक्षण र सम्बद्र्धन गर्नु चुनौती भएपनी भेडेटार नजिकै रहेको कार्किछाप झरना भेडेटारको मात्र नभएर नेपालकै गहना भएको होटल व्यावसायी राईले बताए। उनले भेडेटार नजिकै अर्को झरना भएपनी कार्कीछाप झरना भेडेटारबाट नजिकै र प्राकृतिक रुपमै फराकिलो , पहिरोको डर नभएकोले सजिलै पुग्न सकिने भएकाले यो झरनाको छुट्टै बिशेषता रहेको बताए।


झरना व्यावस्थापन समितीले नयाँ बर्ष २०७८ को अवसरमा बैशाख १ गते बाट सन्चालनमा ल्याईएको झरनामा घुम्न आउनेहरुलाई केही बर्ष सम्म प्रवेशमा कुनै शुल्क नलाग्ने जनाएको छ।

3,656 thoughts on “नयाँवर्षमा भेडेटार नजिकै कार्कीछापमा नयाँ झरना संञ्चालनः प्रवेश निःशुल्क

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *