बुढासुब्बा टुबोर्ग गोल्डकपको तयारी पुराः उद्धघाटन खेलमा धरान फुटबल क्लब र युके एफ सि भारत भिड्ने
दिव्य रोशनी(धरान)/ बुढासुब्बा टुबोर्ग गोल्डकपको २३ औं सँस्करणको तयारी पुरा भएको आयोजक धरान फुटबल क्लबले जनाएको छ।
शुक्रवार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष किशोर राईले यही फागुन १३ गतेदेखि शुरु हुने बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको तयारी पुरा भएको बताए। उनले गत २ वर्ष कोभिड महामारीको कारण रोकिएको प्रतियोगिता यसपाली भने भव्यरुपमा आयोजना हुन लागेको समेत जनाए।

धरान उप–महानगरपालिकाका मेयर हर्कराज राईको प्रमुख आतिथ्यतामा हुने उद्धघाटन खेल अघि ब्रिटिस गोर्खा बिग्रेड व्याण्डको टोलीले विशेष प्रस्तुती समेत दिने भएको छ। उद्धघाटन खेलमा आयोजक धरान फुटबल क्लव र युके एफ सि भारतका बिच हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेताले १० लाख सहित शिल्ड, उपविजेताले ५ लाख, उत्कृष्ट खेलाडीले १ लाख, प्रत्येक खेलको म्यानअफ दि म्याचले १० हजार, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्टर, उत्कृष्ट स्ट्राईकर, र उत्कष्ट प्रशिक्षकले जनही नगद २५ हजार पाउनेछन्भने सर्वाधिक गोलकर्ताले नगद ३५ हजार पाउने क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए।
Pingback: suffolk county mental health
Pingback: visit website
Pingback: สล็อต ฝากถอน true wallet เว็บตรง 888pg