विहिवार थप ८९६० जनामा कोरोना संक्रमण पुष्टिः २१४ को मृत्यु

(दिव्य रोशनी)/ नेपालमा विहिवार थप ८ हजार ९ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा ८ हजार ९ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ५ हजार ५५ जना डिस्चार्ज भएका छन्भने २ सय १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यससंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ४ सय ६६ पुगेको छ। यसैगरी नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको छभने ३ लाख २१ हजार ५ सय १८ जना कोरोना संक्रमणमुक्त भएको मंत्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published.