कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्न समिती गठन
दिव्य रोशनी(धरान)/ धरान उपमहानगरपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्नका लागि एक समिति गठन गरेएको छ ।
आज बिहीबार धरान उपमहानगरका प्रमुख तिलक राईको अध्यक्षतामा बसेको सर्वदलीय छलफलले धरान १५ का वडाध्यक्ष नरेश ईवारमको संयोजत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो। कोरोनाबाट मृत्यु भएकाको शव धरान १५ स्थित खत्रीधारा स्थानियवासिहरुले दाहसंस्कार गर्न नदिएपछि स्थानीयबासीहरुको मागलाई समेत ध्यानमा राखेर वैकल्पिक स्थानको खोजी गर्ने र सो स्थानको खोजी गर्न धरान १५ का वडाध्यक्षको संयोजकत्वमा समिति गठन गरिएको सामाजिक शाखा अधिकृत गणेश खतिवडाले जानकारी दिए । उनका अनुसार सदस्यहरुमा राजनितिक दलको तर्फबाट एक जना प्रतिनिधि, बाँझगरा सामुदायिक वनका अध्यक्ष, बालकृषि सामुदायिक वनका एक जना प्रतिनिधि, शिवगंगा र निराजनबस्ती (टिएलओ) प्रतिनिधि र धरान उपमहानगर वातावरण शाखा प्रमुख भेषराज घिमिरे सदस्य सचिव रहने छन् । उक्त समितिले चाँडै वैकल्पिक ठाउँको खोजी गरि पेश गर्ने र वैकल्पिक ठाउँको व्यवस्था नभएसम्म स्वास्थ्यका सम्पूर्ण प्रोटोकलहरु पुरागरी स्थानीयको मागलाई समेत ध्यानमा राखेर दाहसंस्कार गर्ने व्यवस्था मिलाउने खतिवडाले बताए। साथै हरेक कोरोना संक्रमितको दाहसंस्कार गर्दा टिएलओको प्रतिनिधि र जनप्रतिनिधिलाई जानकारी गराउने समेत सहमति भएको उहाँको भनाई छ।
छलफलमा नगर प्रमुख राईले कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्न वैकल्पिक स्थानको टुंगो नलागेसम्म स्वास्थ्य प्रोटोकल अपनाएर खत्रीधारामै दाहसंस्कार गर्न दिन स्थानीयबासीलाई आग्रह गरेका थिए ।
buy generic cialis online This diurnal pattern can be altered by changes in the light dark schedule, activity levels, and feeding times, and is disrupted by stress