प्रदेश प्रमुखद्धारा हाजी आँखा अस्पतालको उद्धघाटन
दिव्य रोशनी(विराटनगर)/ प्रदेश नं १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङले शरीरका अंग मध्ये आँखा सबैभन्दा महत्वपूर्ण रहेको बताएका छन्।
सो कुरा उनले विराटनगर उपमहानगर १४, रानीस्थीत हाजी आँखा अस्पतालको समुद्घाटन का क्रममा बताएका हुन्। प्रदेश प्रमुख खापुङले यस्ता आँखा अस्पताल स्थापनाले मुलुकमा स्वास्थ्य तथा आर्थिक क्षेत्रमा योगदान हुने बताउदै हाजी आँखा अस्पतालले नेपाल तथा भारतको विहार प्रान्तका धेरै सेवाग्राहीहरु लाभाविन्त हुने बताए।
यसैगरी कार्यक्रममा प्रदेश सरकारका स्वास्थ्य मन्त्री जयराम यादवले विराटनगरमा खोलिएका यस्ता अस्पतालको सेवाग्राही भारतमा धेरै भए पनि नोट सटहीको उचित व्यवस्थापन नहुँदा समस्या पर्ने भएकाले यस्ता समस्यालाई सुल्झाउन पहल गरिनुपर्ने बताए। त्यस्तै नवनिर्वाचित प्रदेश गयानन्द मण्डलले हाजीको धेरै गहिरो अर्थ रहेको र यसै नामबाट आँखा अस्पताल खोलिएकोले आफ्नो कर्तव्यमा सदैव तैनाथ रहनुपर्नेमा जोड दिए।
नेपाल पत्रकार महासंघ, मोरङका अध्यक्ष संजिव खनालले अस्पताल सेवामुखी हुने तर संख्या बढ्दै जाँदा व्यापारमुखी हुनसक्ने कुरालाई औंल्याउँदै यस्ता कुरामा सचेत रहन जोड दिएका थिए।
कार्यक्रममा अस्पताल सञ्चालक तेजलाल कर्ण, महेश रेग्मी, भीमप्रसाद घिमिरे तथा हाजी कादिर अन्सारी लगायतले पनि मन्तव्य राखेका थिए।

Pingback: thaisbobet168
Pingback: สล็อตเครดิตฟรี
Pingback: เว็บบอล Auto
Pingback: สล็อตเดโม่ สาวถ้ำpg ที่ ทางเข้าpg slot LSM99