चासोक तङ्नाम साँस्कृतिक महोत्सव सम्पन्न(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ किरात याक्थुङ चुम्लुङद्धारा आयोजित पाँचदिने चासोक तङ्नाम साँस्कृतिक महोत्सव सम्पन्न भएको छ।
धरान १५ स्थित चुम्लुङ हिममा आयोजित पाँचदिने चासोक महोत्सव आईतवार सम्पन्न भएको हो। समापन कार्यक्रममा प्रदेश नं। १ का प्रदेश प्रमुख परशुराम खापुङ प्रमुख अतिथी रहेका थिए। समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख खापुङले लिम्बूहरुको साझा संस्था किरात याक्थुङ चुम्लुङ स्थापनाको बेला युवाहरु छलफल तथा सल्लाहको लागि आफूकहाँ आएको र आफूले लाग्नुस् भन्ने सल्लाह दिएको बताए। उनले त्यसबेला आफु राष्ट्रिय पञ्चायतको सदस्य रहेकोले प्रत्यक्ष लागिहाल्नु नमिल्ने तर लाग्नु भन्ने सल्लाह दिएको संस्था अहिले यतिको ठूलो बन्न सफल भएकोमा अझ सफलताको शुभकामना पनि व्यक्त गरे।


यसैगरी धरान नगरपालिकाका मेयर हर्कराज राईले नेपालको परिस्थितिलाई राम्ररी बुझिएको राष्ट्रगान “सयौं थुँगा फूलका हामी एउटै माला नेपाली” नै काफी रहेको बताए। उनले यहिँ सयौँ थुँगाबाट भाषा, लिपि, धर्म, जाति तथा पहिचान भेटिने समेत बताए।
कार्यक्रममा किरात याक्थुङ चुम्लुङका केन्द्रिय उपाध्यक्ष डा. कमल तिगेला, नेकपा एमाले धरान उपमहानगर समितिका अध्यक्ष हर्कजङ एभेङ, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष ताजुव लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर इजम लगायतले बोलेका थिए।
पाँचदिने उत्सवमा लिम्बु जातिको परम्परागत च्याबु्रङ नृत्यको प्रतियोगिता, लिम्बु जातिले खेल्दै आएका खेलहरू प्रदर्शन गरिएको थियोभने हरेक दिन साँझका बेला सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुतिहरू समेत रहेको थियो।

8 thoughts on “चासोक तङ्नाम साँस्कृतिक महोत्सव सम्पन्न(भिडियो सहित)

टिप्पणीहरू are closed.