स्व.सुवास राई स्मृति सुपर ८ लिगकम नकआउटमा धरान १४ र १५ नं वडालाई १/१ अंक

दिव्य रोशनी(धरान)/ धरानमा जारी स्व. सुवास राई स्मृति सुपर ८ लिगकम नकआउट फुटबल प्रतियोगिताको दोस्रो दिन धरान १४ र १५ नं वडाले अंक बराबरी बाँडेको छ।
धरान १६ स्थित रंगशालामा शुक्रवार भएको अन्तर वडास्तरीय लिगकम नकआउटमा वडा नं १४ र धरान वडा नं १५ ले शुन्य गोल बराबरी खेल्दै १/१ अंक बाँडेको छ। खेलको म्यान अफ दि म्याच धरान १४ का देव विशुंखे घोषित भए। उनले नगद १ हजार ५ सय सहित मेडल र ट्रफी पाए।
प्रतियोगितामा वडास्तरीय गोधुली रनिङ कपको क्वार्टरफाइनलसम्म पुगेका टप ८ टिमहरु वडा नं १७, वडा नं १५ सँगै वडा १, ५, ११, १४, १६ र २० नं वडाको सहभागीता रहेको छ ।
धरान उपमहानगरपालिका आयोजना र हाम्रो धरान भेट्रान क्लब संयोजन रहेको यस प्रतियोगिता जेठ २७ गतेसम्म संचालन हुनेछ। प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख, ट्रफी पाउनेछ । यस्तै, व्यक्तिगत पुरस्कारतर्फ वेष्ट प्लेयर, हाई स्कोरर, वेष्ट डिफेन्स, वेष्ट गोलकिपर, बेष्ट मिड फिल्डरलाई नगद र ट्रफी पुरस्कार प्रदान गरिने भएको छ।
भोली शनिबार वडा नं १ र वडा नं ५ का बीच खेल हुने प्रतियोगिताका म्याच कमिस्नर ईन्द्र थापा मगरले जानकारी दिए।