दोस्रो हाम्रो धरान भेट्रान कपको उद्धघाटन खेलमा ईटहरी भेट्रान विजयी

दिव्य रोशनी(धरान)÷शुक्रवार देखी हाम्रो धरान भेट्रान कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण शुरु भएको छ।
धरान १६ स्थित रंगशालामा शुक्रवार भएको पहिलो उद्धघाटन खेलमा हाम्रो ईटहरी भेट्रान क्लबले भरौल भेट्रानलाई २–१ गोल अन्तरले पराजित गरेको छ। खेलमा ईटहरी भेट्रानका तर्फबाट निर्मल तामाङ र लिलाराम मगरले गोल गरेका थिएभने भरौल भेट्रानको तर्फबाट एकमात्र गोल मिलन देवानले गरेका थिए।खेलमा ईटहरी भेट्रानका महेन्द्र खवास म्यान अफ दि म्याच घोषित भए। उनले नगद १ हजार ५ सय सहित मेडल र ट्रफी पाए।
हाम्रो धरान भेट्रान फुटबल क्लवको आयोजनामा भएको प्रतियोगितामा प्रदेश १ का १४ वटा भेट्रान टिमहरुको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार सहित मेडल र ट्रफी पाउनेछभने व्यक्तिगत पुरस्कारतर्फ वेष्ट प्लेयर, हाई स्कोरर, वेष्ट डिफेन्स, वेष्ट गोलकिपर, बेष्ट मिड फिल्डरलाई नगद र ट्रफी पुरस्कार प्रदान गरिने भएको छ।
भोली शनिबार मिल्स एरिया भेट्रान बिराटनगर र लखनपुर भेट्रानका बीच खेल हुने प्रतियोगिताका म्याच कमिस्नर ईन्द्र थापा मगरले जानकारी दिए।