धरान मेघा हिमालयनका बिद्यार्थीहरु जातिय पोशाक सहित साकेला सिलि सिक्दै

दिव्य रोशनी(धरान)/ धरान मेघा हिमालयन स्कुल र कलेजले आज शुक्रवार देखि हरेक महिनाको अन्तिम शुक्रबार साँस्कृतिक कार्यक्रमको आयोजना तथा बिद्यार्थीहरुमा जातिय पोशाक पहिरनमा विद्यालय आउनु पर्ने अनिवार्य गरेको छ ।
सोही अनुसार धरान मेघा हिमालयनले शुक्रबार बिद्यार्थीहरुलाइ प्रकृती पुजक किराँतीहरुको सँस्कृती अनुरुप साकेला सिलि नाच प्रदर्शन गरेको छ । विद्यालयका बिद्यार्थीहरुलाई औपाचारिक शिक्षा संगै व्यवहारीक ज्ञान दिनका लागि विद्यालयले महिनाको अन्तिम शुक्रवार साँस्कृतिक कार्यक्रमको सुरुवात गरेको धरान मेघा हिमालयनका अध्यक्ष कैलाश लिम्बूले जानकारी गराए। उनले हरेक महिनाको अन्तिम शुक्रवार विभिन्न जाती तथा समुदायको साँस्कृतिक प्रर्दशन गर्ने एवं बिद्यार्थीले जातिय तथा साँस्कृती झल्कने पोशाक लगाउन अनिवार्य गरिएको बताए।
विद्यालयमा आज देखि शूरु भएको विभिन्न जातिय पोशाकहरुमा राई, लिम्बु, नेवार, मुस्लिम, तामाङ, मगर लगायतका पहिरनहरुमा बिद्यालयका विद्यार्थीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा किराँत राई यायोख्खा खेलकुद संघ, सुनसरीको समन्वयमा साकेला शिली बारे विद्यार्थीहरुलाई जानकारी एवं प्रशिक्षण गराईएको थियो।औपचारिक कार्यक्रमको प्रमुख अतिथिको रुपमा किराँत राई यायोख्खा जिल्ला समितीका अध्यक्ष राजेन्द्र राई रहेका थिए। उनले राई जातिले मनाउने साकेला शिलीको बारेमा विद्यार्थीहरुलाई जानकारी गराए । अध्यक्ष राईले बैशाखे पुर्णिमा देखि शुरु भएको उभौली १५ दिन सम्म विभन्न वडाहरुमा साकेला शिली प्रदर्शनी गरेर मनाउने गरेको र औशीको दिन साकेला शिली औपचारिक रुपमा संस्थाले समापन गरिसकेको बताए । तर वडाहरुमा समापन गर्न बाकी भएकाले जेष्ठ महिना सम्म ढोल झयाम्टा बजाउन मिल्ने भएकोले विद्यालयमा सिकाउदै गरेको उनले बताए।
साकेला शिली प्रदर्शन र विद्यार्थीहरुलाई सिकाउने उद्धेश्यले किरात राई यायोख्खाका जिल्ला सदस्य तथा किराया खेलकुद संघका संयोजक विकास चाम्लिङ राईले समन्वयकारी भुमिका खेलेका थिए। उनले धरान मेघाले आयोजना गरेको राई जातिहरुको साकेला शिली प्रदर्शनी कार्यक्रम ज्यादै उदाहरणिय रहेको र किरातिहरु प्रकृति पुजक र कृषिमा निर्भर भएकोले अन्नबाली लगाउनु अघि पितृ र प्रकृतिलाई सम्झिदै पुजा अर्चना गर्ने गरेको बताए।

One thought on “धरान मेघा हिमालयनका बिद्यार्थीहरु जातिय पोशाक सहित साकेला सिलि सिक्दै

टिप्पणीहरू are closed.