मेरो डान्स युनिभर्सको उपाधी उपमहानगरलाई हस्तान्तरण

दिव्य रोशनी(धरान)/ दुईसाता अघि काठमाण्डौमा सम्पन्न मेरो डान्स युनिभर्समा कला र संस्कृति तर्फ देस्रो स्थान हासिल गरेको धरान नृत्यकला प्रतिष्ठानले धरान उप–महानगरलाई उपाधी हस्तान्तरण गरेको छ।
शनिवार धरानमा एक कार्यक्रमको आयोजना गर्दै प्रतिष्ठानले सो उपाधी धरान उप–महानगरपालिकाका उपमेयर अईन्द्र्र बिक्रम बेघा मार्फत उप–महानगरपालिकालाई हस्तान्तरण गरेको हो। गत भाद्र २ गते ईन्ट्रा फाउण्डेसनद्धारा आयोजित “मेरो डान्स युनिभर्समा” सिंगो धरानको कला संस्कृतिको प्रतिनिधित्व गर्दै धरान नृत्यकला प्रतिष्ठानले “साकेला नृत्य” प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरी नगद १० लाख जितेको थियो।


कार्यक्रममा उपमेयर बेघाले कला र सस्कृतिको शहर धरानले काठमाण्डौमा पुगेर पनि सफलता हासिल गरेकोमा बधाई दिए। उनले कलाकारहरु प्रस्तुतिका लागी धरान बाहिर जादा उपमहानगरले सहकार्य नगरेकोमा आफु दुखी भएको समेत बताए। उनले भने “हामी धरानमा विकास निमार्ण चाहन्छौं, चाहे भौतिक क्षेत्रमा होस्, चाहे सास्कृति र रजानैतिक क्षेत्रमा नै किन नहोस् उपमहानगर सदैव धरानवासीको हित चाहनछ।” विकास निमार्णका कार्यमा सबैक्षेत्रलाई समेटेर लान सकेमात्र विकासको शात्विक अर्थ रहने उनले बताए।
सोहीक्रममा उपमेयर बेघाले समाज भाँड्ने तत्वहरु अझैपनि सक्रिय रहेको भन्दै त्यस्ता तत्वहरुलाई चिर्न आवश्यक रहेको बताए। उनले धरान बहुधार्मिक, बहुसाँस्कृतिक शहर भएको जनाउदै एक अर्काका भावनालाई सम्मान गर्दै परम्परालाई कायम राखी बसोबास गर्दै आएको बताए। यसैगरी प्रतिष्ठानका निवर्तमान अध्यक्ष मणि कुमार राई, धरान ९ का निवर्तमान वडाअध्यक्ष रत्न कट्वालले पनि धरानको ईतिहासमा प्रतिष्ठानले काठमाण्डौमा पुगेर उपाधी जित्नु भनेको धरानको कलाक्षेत्रमा एउटा ईटा थपिएको बताएका थिए।
प्रतिष्ठानका अध्यक्ष नन्दा राईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उपाधी जित्न सफल कलाकारहरुलाई मायाको चिनो समेत वितरण गरिएको थियो।(दिव्य रोशनी साप्ताहिकबाट)

One thought on “मेरो डान्स युनिभर्सको उपाधी उपमहानगरलाई हस्तान्तरण

टिप्पणीहरू are closed.