हिसान बास्केटवलमा मेघा,आर्दश र लोटस सेमिफाइनलमा प्रवेश
दिव्य रोशनी (धरान)/ हिसान सुनसरीको आयोजनामा आयोजित हिसान बास्केटवलमा धरान मेघा हिमालयन, धरान आर्दश र लोटस स्कुल सेमिफाइनल प्रवेश गरेका छन् ।
विहिवार भएको क्वाटर फाइनलमा धरान मेघाले धरान उच्च माविलाई ६८–१८, धरान आर्दशले पुर्वाञ्चल तरहरालाई ६५–१२ र लोटसले विश्वआर्दश इटहरिलाई ३९–११ अंकको अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन्। हिसान स्पोर्टस मिट अन्तर्गत विहिवार देखि सुरु भएको हिसान बास्केटवलको पहिलो खेलमा धरान आर्दशले जेनिथ होलिल्याण्ड स्कुललाई र दोस्रो खेलमा धरान मेघाले धरान उच्चलाई र तेस्रो खेलमा विश्व आर्दशले सुष्मा गोदावरी इटहरीलाई पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेका थिए । वाइ पाएर सिधै क्वाटर फाइनल प्रवेश पाएका सियोन स्कुलले वाकवभर दिए पछि धरान मेघाले सोझै सेमिफाईनलको यात्रा गरेका थिए।


धरान मेघाले लोटस र धरान आर्दशले शुक्रवार एम्स एकेडेमि र विष्णु मेमोरियल विच हुने खेलको विजेता संग सेमिफाइनलमा भिड्ने छ । उद्घघाटन दिनको खेलको म्यान अफ द म्याच धरान आर्दशका पारुहाङ्ग राई, धरान मेघाका योगेश राई, विश्व आर्दश इटहरीका सौजन वस्नेत, धरान आर्दशका सरीन मगर र लोटस स्कुलका नितेश क्षेत्रि घोषित भए। उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदि र हिसान बास्केटवल संयोजक अर्जुन घिमिरेले मेडल प्रदान गरेका थिए। उद्घघाटन कार्यक्रममा धरान १७ न. वडाध्यक्ष मनोज भट्टराई, धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्बु, हिसान सुनसरी अध्यक्ष सागर भट्टराई, हिसान स्पोर्टस मिट संयोजक हेमन्त भण्डारी लगायतको उपस्थिति रहेको थियो।
प्रतियोगितामा पुरुष तर्फ ११ र महिला तर्फ ६ टिमले सहभागिता जनाएको छन्। सहभागि विद्यालयहरुमा धरान मेघा हिमालयन महिला/पुरुष टिम, लोटस, एम्स एकेडेमि, सियोन स्कुल महिला÷पुरुष टिम, विष्णु मेमोरियल महिला÷पुरुष, जेनिथ महिला/पुरुष, धरान आर्दश महिला÷ पुरुष, धरान उच्च महिला/पुरुष, विश्व आर्दश इटहरी, सुष्मा मावि इटहरी, पुर्वाञ्चल मावि तरहराले सहभागिता जनाएको छ। प्रतियोगिताको सम्पुर्ण खेल धरान मेघा हिमालयन कलेजको बास्केटवल कोर्टमा संचालन भईरहेको छ।
Pingback: Buy Steroids online
Pingback: ผ้ายางปูพื้นรถยนต์
Pingback: funny987
Pingback: pgslot
Pingback: peaceful piano music