धरानमा “निको नहुने रोग” सर्ट मुभिको शनिवार विशेष प्रदर्शनी हुने

दिव्य रोशनी(धरान)/ “निको नहुने रोग” सर्ट मुभिको शनिवार धरानमा विशेष प्रदर्शनी हुने भएको छ।
मंगलबार पत्रकार महासंघ सुनसरीको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका निर्माता तथा नायक भुवन याक्खाले धरानको फ्रेण्ड्स सिनेमामा उक्त सर्ट मुभि चलचित्रको विशेष प्रदर्शनी हुने बताए। उनले पारिवारीक कथावस्तुमा रहेको उक्त चलचित्र १६ मिनेटको मात्र रहेको बताए।
तिन लाख पचास हजार रुपैया लगानीमा बनेको उक्त सर्ट मुभि चलचित्रलाई देउकृष्ण याख्खाले निर्देशन गरेका हुन्भने नायक भुवन याक्खा स्वयंले निमार्ण गरेका हुन्। धनकुटाको राजारानी बोधेमा छायांकन गरिएको उक्त चलचित्रमा आधुनिक देवानको रचना र स्वरमा निको नहुने रोग बोलको एउटा गीत पनि रहेको छ।चलचित्रको छायांकन सुमन तामाङले गरेका छन् भने सम्पादन अनिल रानाले गरेका छन्। चलचित्रमा भुवन सहित निर्मला खजुम लिम्बू, सोनिका याख्खा र युनिशा राई लगायतको अभिनय रहेको छ।
चलचित्रको विशेष प्रदर्शनीबाट संकलित रकम ३० हजार रुपैयाँ मृगौला रोगबाट पीडित गायक नवराम राईलाई आर्थिक सहयोगस्वरुप उपलब्ध गराउने नायक निर्माता याख्खाले जानकारी दिए ।