इडन एकेडेमिले निःशुल्क मल्टिडेस्टिनेसन एजुकेसन फेयरको आयोजना गर्दै

दिव्य रोशनी(धरान)/ ईडन एकेडेमी कन्सल्टेन्सी प्रा. लि. ले यही फागुन २४ गते बिहिवार आफ्नै अफिस तमु कम्प्लेक्सको पहिलो र दोश्रो तलामा मल्टी डेस्टिनेशन एजुकेशन फेयर (Multi-Destination Education Fair)को आयोजना गर्ने भएको छ।
इडन एकेडेमिका अध्यक्ष मोहन तिगेलाका अनुसार पुर्वकै सबैभन्दा ठूलो एजुकेसन फएर हुने दाबी गरिएको यश फेयरमा अमेरिका, युके, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, दुबई लगायतका देशबाट २० बढी कलेज तथा बिश्वविद्यालयका प्रतिनिधिको प्रत्यक्ष सहभागितामा हुने भएको छ। यसका साथै फेयरमा IDP- IELTS ले IELTS ACADEMIC/GENERAL TRAINING, CT IELTS, IELTS UK- VI, LIFE SKILLS A1/B1 / ETS / TOEFL/GRE को बारेमा जानकारी दिनेछ।


साथै फेयरमा बिद्यार्थी तथा अभिभावकले प्रत्यक्षरुपमा विश्वविद्यालय र कलेजका प्रतिनिधिलाई भेटी scholarship, सजिला अफ्ठ्यारा, जानू अघि सीप सिक्ने कुरा र सावधानि अपनाउनु पर्ने कुरा, लाग्ने लागत, बिदेशीए पछि समस्या संग कसरी जुध्न सकिन्छ भन्ने ज्ञान, विदेशको भाषा संस्कृति, रहन सहनको बारेमा प्रत्यक्ष कुरा गर्ने अबसर यश फेयरमा पाउनेछन्। यसको अलबा बैंक लोन अथबा ब्यालेन्स कति, कसरी र खर्च के कति हुन्छ? भन्ने कुराको जानकारिका लागि कुमारी बैंक र एभरेस्ट बैंकले स्टलनै राखेर सहजिकरण गर्नेभएको छ।
इडन एकेडेमी २०६५ सालमा स्थापना भएको धरानको पुरानो कन्सल्टेन्सि हो। यश संस्थाले २०१९ सम्म बार्षिकरुपमा एजुकेसन फेयरको आयोजना गर्दै आइरहेता पनि त्यसपछी कोरोना र बिविधकारणले रोकिए पनि 2024 मा आयोजना गर्न लागेको हो।