हिसान बास्केटवलमा धरान मेघा हिमालयन र धरान उच्च च्याम्पियन
दिव्य रोशनी(धरान) / हिसान स्पोर्टस मिट अन्र्तगत भइरहेको हिसान बास्केटलको उपाधि धरान मेघा हिमालयन र धरान उच्च माविले चुमेको छ ।
शनिवार भएको फाइनल खेलमा पुरुष तर्फ धरान मेघा हिमालयनले एम्स एकेडेमिलाई ४५–३४ र महिला तर्फ धरान उच्चले धरान मेघालाई २१–११ अंकले पराजित गर्दै उपाधि माथि कव्जा जमाएका हुन । हिसान सुनसरीको आयोजनामा संपन्न पुरुष तर्फको फाइनल खेलको प्रत्येक क्वाटरमा मेघा हिमालयन र एम्स एकेडेमिले १३–९, १०–१२, १३–१० र ९–३ अंक जोडेका थिए । यसै गरि महिला तर्फ धरान उच्च र मेघा हिमालयनले ६–२,२–६,९–१ र ४–२ अंक जोडका थिए । विजेता तथा उपविजेता खेलाडिहरुलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
यसैगरि फाइनल खेलको म्यानअफ द म्याच पुरुष तर्फ धरान मेघाका सविन राई र महिला तर्फ धरान उच्चका सविना राई घोषित भए । मोस्ट इमर्जिङ्ग प्लेयरमा पुरुष तर्फ एम्सका सितम लिम्वु र महिला तर्फ मेघा हिमालयनका संझना राई घोषित भए। हाई स्कोररमा पुरुष तर्फ धरान आर्दशका सौगात मल्ल र महिला तर्फ धरान उच्चका सन्ध्या राई घोषित भइन् । प्रतियोगिताको उत्कृष्ट खेलाडि मोस्ट भ्यालुएवल प्लेयर पुरुष तर्फ मेघा हिमालयनका योगेश राई र महिला तर्फ धरान उच्चका सन्ध्या राई घोषित भइन् । उनिहरुलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो।
प्रतियोगिताका विजेता तथा उपविजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ सभासद रमेश वस्नेत, कार्यक्रमका सभाध्यक्ष हिसान बास्केटवलका संयोजक अर्जुन घिमिरे, हिसान सुनसरीका अध्यक्ष सागर भट्टराई हिसान स्पोर्टस मिटका संयोजक हेमन्त भण्डारी लगायतले पुरस्कार वितरण गरेका थिए ।
धरान मेघा हिमालयन कलेजको बास्केटवल कोर्टमा संपन्न प्रतियोगिताको समापन कार्यक्रमको उद्घाटन प्रमुख अतिथिले द्धिप प्रज्वलन गरि रेफ्रिलाई वल हस्तान्तरण गर्दै गरेका थिए। प्रतियोगिताको प्राविधिक सहयोग धरान बास्केटवल संघको रहेको थियो।

Pingback: More Info
Pingback: 뉴토끼