प्रदेश १ मा नै पहिलो राष्ट्रव्यापी मुवाथाइ च्याम्पियनसिप धरानमा संपन्न

दिव्य रोशनी(धरान)/ सुनसरी मुवा थाइ संघको आयोजनामा प्रदेश १ मा नै पहिलो पटक धरान मुवा थाइ राष्ट्रव्यापि च्याम्पियनसिप संपन्न भएको छ ।
मुवा थाई खेलको प्रदशर्न तथा प्रर्वद्धन गर्ने उद्धेश्यले धरानको भानुचोकमा शनिवार सम्पन्न च्याम्पियनसिपमा सुनसरीका मुवाथाई संघका सिदार्थ लिम्वु, ललितपुर मुवाथाइका सुमित देसाई, सिन्धुपाल्चोक मुवाथाइका फेजिमान गुरुङ्ग र सुवानि श्रेष्ठ र काभ्रेका सन्तोष विश्वकर्मा च्याम्पियन बनेका छन् । सुनसरीका सिदार्थले ६३ केजि तौलमा रामेछापका मिनवहादुर मगरलाई, ललितपुरका सुमितले ५७ केजि तौलमा दार्चुलाका तेजसिंह एरिलाई, सिन्धुल्पालचोककी फेजिमाया गुरुङ्गले ४८ केजि तौलमा सर्लाहिका अन्जना ढुङ्गेललाई, सिन्धुल्पालचोककै सुवानी श्रेष्ठले विपना जिसिलाई र काभे्रका सन्तोष विकले ७३ केजि तौलमा ललितपुरका सुजन महर्जनलाई पराजित गरेका थिए । तिन मिनेटको तिन राउण्ड खेलाइएको खेलमा सन्तोषले सुजनलाई पहिलो राउण्डमा नै नकआउट गरेका थिए।
विजेता खेलाडिहरुलाई नगद १० हजार र उपविजेता खेलाडिलाई नगद ५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका पुर्व मेयर तिलक राई, कार्यक्रमका सभाध्यक्ष मुवा थाई सुुनसरी संघका अध्यक्ष एल्कोन मगर, विशेष अतिथि धरान उपमहानगरपालिका उपप्रमुख अइन्द्र बिक्रम वेघा, मुवा थाई केन्द्रिय अध्यक्ष गणेश कक्षपति, सियोन स्कुलका अध्यक्ष खड्कवहादुर मगर लगायतले पुरस्कार वितरण गरेका थिए । च्याम्पियनसिपमा उपस्थित दर्शकहरुको मनोरञ्जनका लागि युनाइटेड डान्स सेन्टरका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए।

11 thoughts on “प्रदेश १ मा नै पहिलो राष्ट्रव्यापी मुवाथाइ च्याम्पियनसिप धरानमा संपन्न

टिप्पणीहरू are closed.