सुनसरीक्षेत्र नं १ मा प्रतिनिधीसभातर्फ माओवादीको अग्रता कायमै
दिव्य रोशनी (धरान)/ धरान ८ स्थित सभागृहमा सुनसरी क्षेत्र नं १ को मतगणना कार्य भईरहेको छ ।
निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालका अनुसार मंगलवार साझ ५ बजेसम्म ८ हजार ४ सय ३६ मत गणना हुदा नेकपा माओवादीको अग्रता कायमै छ। जसमा नेकपा माओवादीको चिन्ह हसिया हथौडा (मुक्साहाङ मेन्याङवो)ले १८९८ मत पाएको छभने जसपाको चुनाव चिन्ह छाता(अशोक राई) ले १५६८, घण्टी(गोमा तामाङ)ले १५०० र खरायो(मनोज मेन्याङवो)ले १२०२ मत प्राप्त गरेको छ।
यसैगरी राप्रपाको चुनाव चिन्ह हलोले ११११, पानीको जारले २५१, सुर्यमुखी फुलले १४१, घन्टाघर(कुमार कार्की)ले १५०, लाउड स्पीकरले ३४, कुखुराको भालेले ११, क्रस खुकुरीले २७, सेलरोटीले १८, चापाकलले १७, दाप सहितको खुकुरीले ४४, ढाका टोपीले १०, पानीको फिल्टरले २२, छत्रेटोपी ६, तिलहरी ३, पुतली ८ र ताराले ४५ मत ल्याएका छन्।

Pingback: 3contagious
Pingback: โหราศาสตร์ยูเรเนียน
Pingback: magic mushrooms chocolate bar