सुनसरी १ प्रदेशसभा १(ख) मा ४०५६ मतले एमालेका विजय राई अगाडी
दिव्य रोशनी (धरान)/ सुनसरी क्षेत्र नं १ प्रदेशसभा १(ख) मा एमालेका विजय राईको अग्रता कायमै रहेको छ।
निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालका अनुसार धरानको सभागृहमा आईतवार साँझ ६ः३० बजे सम्म प्रदेशसभा १ (ख) तर्फ ३२ हजार ६ सय ३६ मत गणना हुदा नेकपा एमालेका विजय राईले १०६६६ मत पाएका छन्भने राप्रपा (हलो)का अनिश ढकालले ६६१० मत ल्याएर पछ्याईरहेका छन्। यसैगरी दाप सहितको खुकुरीले ७१५, एकिकृत समाजवादी पार्टी(कलम) ४५५८, ढकिया २९४, ढाका टोपीले ३२८, विजुलीको चिम ३५३, पानीको धाराले ४०७, फुटबल खेलाडीले ५५, सारंगीले ५६, क्यालकुलेटर ४२८९,केराको काईयोले ४७ र ललाटिनले २६२४ मत पाएको छ।

Pingback: หวยจับยี่กี มีการออกรางวัลกี่รอบวิธีการเล่นยี่กี
Pingback: 호두코믹스