आठौं हराइजन बास्केटबल प्रतियोगिता २०८१ सेमिफाइनलमा मिराकल, ब्रदर्श, युवा जागृति र रेवा

दिव्य रोशनी(धरान)/हराइजन थ्री वाई थ्री बास्केट बल प्रतियोगिताको बैशाख २६ गते बुधबारदेखि शुरु भएको उद्घाटन खेलमा मिराकल, ब्रदर्श सी, युवा जागृति र रेवा सेमिफाइनलमा प्रवेश गरेको छ।
धरान १७ स्थित हराइजन क्लबद्वारा आयोजित आठौं हराइजन बास्केटबल प्रतियोगिता २०८१ धरान १७ स्थित श्री माविको प्राङगण स्थित आफ्नै कोर्टमा सञ्चालन भैरहेको छ।
बुधबार भएको उद्घाटन खेलमा रेवाले हराइजन जुनियरलाई १३–१०, युवा जागृतिले ब्रदर्श एलाई १–०, हराइजनलाई तरहराले १२–१७ ले पराजित गरेको छ।


यसैगरी प्रतियोगितामा मिराकल एले मिराकल बीलाई १५–९, यलम्बर ए लाई ब्रदर्श बी ले १२–१४, विराटनगरले सिलीचोङलाई २१–७,धरान १३ लाई इटहरीले ७–९,यलम्बर बी लाईतरहराले ९–१३,मिराकलले ब्रदर्श सीलाई १३–८, युवा जागृतिले विराटनगरलाई १२– १०, रेवाले इटहरीलाई १२–१ र ब्रदर्श बीले तरहरालाई १२–७ ले पराजित गरेको थियो।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेल आज २७ गते बिहिबार मिराकल ए विरुद्ध युवा जागृति र दोस्रोसेमिफाइनल खेल ब्रदर्श बी विरुद्धरेवा बीच हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको बिजेताले नगद ४० हजारका साथमा ट्रफि र मेडल प्राप्त गर्नेछन्भने उपबिजेताले नगद २० हजार सहित ट्रफि र मेडल प्राप्त गर्नेछन्। यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाले नगद ५ हजारका साथमा ट्रफि र मेडल प्राप्त गर्ने निवर्तमान अध्यक्ष बशन्त राईले बताए।
बास्केटबल कोर्ट भत्काइदा प्रतियोगिता थ्री वाइ थ्रीमा सिमितः
प्रतियोगिता शुरु हुनुअघि भएको भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी धरान १७ का कार्यबाहक वडाअध्यक्ष मनिष विष्टले हराइजन क्लब भनेको एउटा इतिहास बोकेको क्लब भएको बताउँदै हराइजले राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा नै धरानको नाम चिनिने बताए।साथै उनले विगतका वर्षहरुमा भव्य रुपमा हुने गरेको यस प्रतियोगिता यसपटक थ्री वाई थ्रीमा खुम्चनु पर्दा दुःख लागेको बताउँदै सकेसम्म चाँडै सबै मिलेर बास्केटबल कोर्ट निर्माण गरि आगामी वर्षमा पुनःभव्य रुपमा आयोजना हुनेमा विश्वस्त रहेको समेत बताए।


यस्तै कार्यक्रमका विशेष अतिथी धरान १० नं. वडाका अध्यक्ष विवेक राईले खेलाडीहरुलाई नियम अनुसार नै खेल्नुपर्ने शुभकामना दिए। साथै उनले स्थानीयहरुको श्रम पसिनाबाट निर्मित फुल कोर्टको रुपमा रहेको बास्केटबल कोर्ट अहिले आएर हाफ कोर्टमा मात्र सिमित हुँदा ज्यादै दुःख लागेको बताउँदै विगतको बास्केटबल कोर्ट झैं निर्माण गर्नका लागि स्थानीयबासी लागिपर्नुपर्ने सुझाव समेत दिए।


क्लबका उपाध्यक्ष पञ्चकला राईले स्वागत मन्तव्य व्यक्त गर्दै हराइजन क्लबले २०५१ सालदेखि नै विभिन्न प्रतियोगिताहरु गर्दै आएको बताईन्। साथै उनले हराइजन क्लबले राष्ट्रिय खेलाडीहरु, राष्ट्रिय अम्पाएरहरुका साथै राष्ट्रिय गायक समेत जन्माएको बताउँदै विगतका वर्षहरुमा भव्य रुपमा हुने प्रतियोगिता यस प्रतियोगिता अहिले आठौं प्रतियोगितामा आउदा थ्री वाई थ्री मा खुम्चनु पर्दा दुःख लागेको बताईन्।

उपाध्यक्ष राईले आगामी वर्षको पहिलो बजेटमै यस बास्केटबल कोर्ट पुनः फुल कोर्टको रुपमा निर्माण गरि अन्तराष्ट्रियस्तरको मापदण्ड अनुसारको निर्माण गर्न बजेट विनियोजन गर्न समेत स्थानीय सरकारलाई आग्रह गरिन्।
क्लबका अध्यक्ष श्रीभक्त राईले बास्केट बल कोर्ट भत्काएर श्रीमाविको कक्षा कोठा निर्माण गरिएपछि पुनः बन्ने आशाग पर्खिंदा प्रतियोगिता गर्न समेत ढिलाई हुन पुगेको बताउँदै अहिले थ्री वाई थ्रीमा खुम्चनु परेको बताए।
सो कार्यक्रम क्लबका सचिव सूर्य बहादुर (फतिज) ले सञ्चालन गरेका थिए।