सामुदायिक सुरक्षा जालोद्वारा मातातीर्थ औंशीको अवसरमा समाजका वृद्धा आमाहरुलाई सम्मान

दिव्य रोशनी(धरान)/ सामुदायिक सुरक्षा जालो र गृह श्रमिक महिला लघुबित्त समाज नेपालको संयुक्त आयोजनमा मातातीर्थ औशीको अवसरमा समाजका वृद्धा आमाहरुलाई सम्मान कार्यक्रमसँगै दिउँसोको खाजा खुवाउने कार्यक्रम सम्पन्न गरेको छ।


बैशाख २६ गते बुधबार सुरक्षा जालोले वृद्धा आमाहरुलाई सम्मान स्वरुप खदा लगाई दिउँसोको खाजा खुवाउने कार्यक्रम आयोजना गरेको थियोभने वृद्धा आमाहरुलाई हर्लिक्स समेत वितरण गरिएको थियो।


संस्थाको आफ्नै भवनमा संस्थाकी अध्यक्ष प्रेमकुमारी राईले आमाहरुले जन्माएर, हुर्काएर आफ्ना छोराछोरीलाई आँखा देखाउने काम गरेको हुनाले वृद्ध आमाहरुलाई एकै ठाउँमा भेला गरि सम्मान कार्यक्रम आयोजना गरिएको बताईन्। साथै उनले आउँदा पिढीहरुले समेत आफ्ना जन्मदिने आमाबुवादेखि समाजका वृद्धवृद्धा आमाबुवाहरुलाई सम्मान गर्न सिकुन् भन्ने उद्धेश्यले समेत यस कार्यक्रमको आयोजना गरिएको बताईन्।
सम्मानसँगै दिउँसोका खाजा अनि हर्लिक्स पाएपछि सबै वृद्धा आमाहरु निकै हर्षितहुँदै आयोजक संस्थाकी अध्यक्ष प्रेमकुमारीसँगै सम्पूर्ण टिमलाई नै आशिर्वाद दिईरहेका थिए।
त्यसो त यस संस्थाले यसअघिपनि असहायहरुलाई उपचारसेवा सँगै खाद्यान्न सामाग्री समेत वितरण गर्दै आएको संस्थाकी सचिव कमला (कला) लिम्बुले बताईन्।