मुख्यमन्त्रिले गरे “धरान एक्सपो २०७९” को उद्धघाटन(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ “धरान एक्सपो २०७९” को भव्य रुपमा उद्धघाटन गरिएको छ।
सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा भएको एक्सपोको विहिवार प्रदेश १ का मुख्यमन्त्रि हिकमत कार्कीले उद्धघाटन गरेका हुन्। धरान १६ रंगशालामा स्थित एक्सपो उद्धघाटन गर्दै मुख्यमन्त्रि कार्कीले अहिले उद्योग व्यावसायीहरु धरासयी भएको अवस्थामा व्यावसाय प्रवद्र्धनका लागी आयोजना गरिएको एक्सपोले व्यवसायीहरुमा थोरैभएपनि राहत पुग्ने बताए। उनले व्यवसायीहरुको हकहितका लागी प्रदेश सरकार सधै साथमा रहेको समेत बताए।


सोहीक्रममा मुख्यमन्त्रि कार्कीले सबै व्यावसायीहरुमा बढ्दो बैंकको व्याजदर अहिले टाउको दुखाईको विषय भएको बताउदै राष्ट्रबैंकले सम्बोधन गर्नुपर्ने बताए। उनले बैंकको व्याजदर घटाउन केन्द्र सरकार समक्ष लविङ गर्ने समेत बताए।


यसैगरी उद्धघाटन कार्यक्रममा धरान उप–महानगरपालिकाका मेयर हर्कराज राई, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष राम प्रसाद सांघाई, सार्क चेम्बर अफ कमर्शका केन्द्रिय उपाध्यक्ष चण्डीराज ढकाल लगायतले उद्योग व्यावसाय र अर्थतन्त्रको विकास गरिनुपर्ने धारणालाई सफल बनाउनका लागी सुनसरी उद्योग वाणिज्य संघले चालेको यस कदम सह्रानिय रहेको बताएका थिए। सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठको स्वागत मन्तव्य रहेको सो कार्यक्रमलाई संघका उपाध्यक्ष एवं एक्सपोका संयोजक गोपाल श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए।


यही फागुन ११ गतेदेखी २० गतेसम्म आयोजना हुने “धरान एक्सपो” मा पहिलो पटक डोमको प्रयोग गरेर स्टल राखिएको छ। जसमा ७० वटा स्टल छन्भने बाहिर थप ७० वटा स्टल राखिएको छ। स्टलमा कृषि उत्पादन, कृषि औजार, घरेलु तथा साना उद्योगका उत्पादन, गाडी, बैंक तथा बित्तिय, रेडिमेड तथा कपडा, घरेलु सामानहरुको बिक्री तथा प्रदर्शनी राखिएको छ। एक्स्पोमा हरेक साँझ मनोरञ्जनात्मक सांगीतिक कार्यक्रम पनि आयोजना हुनेछ । राष्ट्रियस्तरको कलाकारहरुको प्रस्तुती रहने भएकोले बेलुकी भने टिकट लाग्ने पनि आयोजकको भनाई छ । एक्स्पोमा दैनिक ३० हजार अवलोकनकर्ताहरूले अवलोकन गर्ने र एक्स्पो अवधिभर १० करोड बढीको व्यापार हुने आयोजकले अनुमान गरेको छ।

9 thoughts on “मुख्यमन्त्रिले गरे “धरान एक्सपो २०७९” को उद्धघाटन(भिडियो सहित)

टिप्पणीहरू are closed.