धरान एक्स्पोमा जान निःशुल्क बस सेवा

दिव्य रोशनी(धरान)/ अवलोकनकर्ताको सहजीकरणका लागि धरान एक्स्पो २०७९ मा निःशुल्क बस सेवा उपलब्ध गराइएको छ ।
सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा धरान रंगशालामा जारी एक्स्पोलाई लक्षित बस सेवा उपलब्ध गराइएको आयोजकले बताएको छ । एक्स्पोका संयोजक गोपाल श्रेष्ठका अनुसार धरानका विभिन्न पाँच स्थानबाट एक्स्पो स्थलसम्म बस सेवा उपलब्ध गराइएको हो । धरानको चतरा बस स्ट्यान्ट, पानमारा स्कुल डाँडा, बरगाछी (रानी पेट्रोल पम्प), बगरकोट पारी (सेउती पुल) र मंगलबारे चोकबाट बस सेवा उपलब्ध रहेका छन्।
फागुन ११ गतेबाट सुरु भएको एक्स्पो फागुन २० गतेसम्म सञ्चालन हुनेछ । एक सय २३ स्टल अवलोकन गर्न सकिने एक्स्पोमा रैथाने, नेपाल, भारत, बंग्लादेश र पाकिस्तानका उत्पादनबारे जानकारी लिन र खरिद गर्न सकिनेछ । त्यसबाहेक बाल उद्यम, मनोरञ्जन, सेल्फी जोन, खानाका परिकार र राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति हेर्न पाइनेछ।
निःशुल्क बस सेवाका लागी चतरा बस स्ट्यान्डबाट दिउँसो २ः३० बजे, पानमारा स्कुल डाँडा ( दिउँसो २ः३० बजे, वरगाछी (रानी पेट्रोल पम्प) बाट दिउँसो १ः३० बजे, बगरकोट पारी (सेउती पुल)बाट दिउँसो १ बजे र मंगलबारे चोकबाट दिउँसो २ः३० बजे बस छुट्ने आयोजकले जनाएको छ।

11 thoughts on “धरान एक्स्पोमा जान निःशुल्क बस सेवा

टिप्पणीहरू are closed.