दिव्य रोशनी साप्ताहिकको २० औं स्थापना दिवसमा समाजसेवी र पत्रकार सम्मानित

दिव्य रोशनी साप्ताहिकको २० औं स्थापना दिवसमा १ समाजसेवी सहित ३ पत्रकार सम्मानित भएका छन्।
शुक्रवार धरान उपमहानगरपालिकाको सभाहलमा आयोजिक पत्रिकाको २० औ स्थापना दिवसमा समाजसेवी र पत्रकारहरु सम्मानित भएका हुन्.। कार्यक्रममा पत्रिकाका सम्पादक मनिता चाम्लिङ्का दिवंगत हुनु भएका वुवा स्व. प्रभुराम राईंको नाममा स्थापना गरिएको उत्कृष्ट सामाजिक पुरस्कारबाट पत्रकारद्धय शेखर जोगी र स्नेहा श्रेष्ठलाई सम्मनित गरिएको थियो भने पत्रिकाका सम्पादक चाम्लिङका कान्छा दाजु बाजुन राईको नाममा स्थापना गरिएको सृजनशिल पत्रकारिता पुरस्कार रोहित बस्नेतलाई प्रदान गरिएको थियो। सम्मानित पत्रकारहरुलाई जनही नगद ५ हजार ५ सय ५ रुपैया सहित साम्मनपत्रले सम्मान गरिएको थियो। यसैगरी कार्यक्रममा होप धरानका अध्यष निश्चल पलिखेलाई अभिनन्दन गरिएको थियो। सम्मानितहरुलाई कार्यक्रमका प्रमुख अतिथ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ तथा दिव्य रोशनी साप्ताहिकका सम्पादक /प्रकाशक मनिता चाम्लिङ लगायतलले सम्मान तथा अभिनन्दन गरेका थिए।
मेयर हर्क साम्पाङको प्रमुख आतिथ्ता तथा सम्पादक मनिता चाम्लिङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा अग्रज पत्रकार हर्ष सुब्बा, ईलाका प्रहरी कार्यालय धरानका प्रमुख मान बहादुर राई, जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख सुवास केशी, महिला संजाल धरानका अध्यक्ष्सपना राई, नेपाल ज्योतिष परिषद कोशी प्रदेशका महासण्व, लगायतले शुभकामना व्त्तक्त गरेका थिए।