सुनसरी १ मा प्रतिनिधीसभातर्फ मतान्तर बढाउदै जसपाकाअशोक

दिव्य रोशनी (धरान)/ धरान ८ स्थित सभागृहमा सुनसरी क्षेत्र नं १ को मतगणना कार्य भईरहेको छ ।
निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालका अनुसार आईतवार साँझ ६ः०० बजेसम्म प्रतिनिधीसभातर्फको ७० हजार ७ सय २० मत गणना हुदा जसपाको चुनाव चिन्ह छाता(अशोक राई) ले १५११४ मत ल्याएका छन्भने राष्ट्रिय स्वतन्त्र पार्टी(घण्टी) का सरिन (गोमा)तामाङले १४६२९ मत ल्याएकि छिन्। छाता र घण्टीमा ४८५ मतको फरक रहेको छ। यसैगरी नेकपा माओवादीको चुनाव चिन्ह हसिया हथौडा (मुक्साहाङ मेन्याङवो)ले ११५६२ मत पाएका छन्।
यसैगरी खरायो(मनोज मेन्याङवो)ले ७१९० मत प्राप्त गरेको छभने राप्रपाको चुनाव चिन्ह हलोले ७००३, लाउड स्पीकरले २६८, ढाका टोपीले २०७, कुखुराको भालेले १९३, दाप सहितको खुकुरीले ६८३, पाँचकुने ताराले २८४, पानीको फिल्टरले १६५, घन्टाघर(कुमार कार्की)ले १७९७, क्रस खुकुरीले २६१, चापाकलले १२५, तिलहरी ५७, पानीको जारले ३७५४, सुर्यमुखी फुलले १६९०, पुतली ५५, छत्रेटोपी १३१ र सेलरोटीले ३५६ मत ल्याएका छन्।

7 thoughts on “सुनसरी १ मा प्रतिनिधीसभातर्फ मतान्तर बढाउदै जसपाकाअशोक

टिप्पणीहरू are closed.