डेंगुका बिरामीलाई थप औषधीको व्यावस्था गर्छुः शिक्षा मन्त्रि अशोक राई

दिव्य रोशनी(धरान)/ शिक्षा तथा विज्ञान प्रविधी मन्त्रि, अशोक राईले डेंगुको महामारीमा चपेटिएको धरानमा औषधीजन्य सामाग्रीको अभाव भए संघिय सरकारले थप सामाग्रीको व्यावस्था गरिदिने बताएका छन्।
सो कुरा उनले विहिवार सुनसरी उद्योग वाणिज्य संघद्धारा आयोजित डेंगु रोग नियन्त्रण तथा रोकथाम अन्र्तक्रिया कार्यक्रमका अवसरमा बताएका हुन्। मन्त्रि राईले डेंगु रोग हरेक वर्ष हुने गरेपनि धरानमा पहिलो पटक महामारीको रुपमा आएको बताउदै हामी सबै मिलेर लागेमा असंभव नभएको बताए।
यसैगरी कार्यक्रममा प्रदेश स्वास्थ्य मन्त्रि निर्मला तावा लिम्बुले धरानमा बढिरहेको डेंगु महामारी रोकथामका लागी प्रदेश सरकार चिन्तित रहेको बताईन्। उनीले धरानमा डेंगु रोकथामका लागी औषधी व्यावस्थामा सहजिकरण गरेको समेत बताईन्। यसैगरी धरानका पूर्व मेयर मनोज कुमार मेन्याङ्वोले धरान डेंगुको हट स्पट बन्दै जानुमा जनप्रतिनिधीहरु मुख्य दोषी भएको बताए। उनले अहिले धरानवासीहरु डेंगुका कारण राज्य विहिन, सरकार विहिन र अभिभावक विहिन अवस्था रहेको समेत बताउदै केही वडाका वडाअध्यक्ष र नागरिक समाजका अगुवाबाट भएको प्रयासहरु प्रयाप्त नभएपनि प्रशंसनिय रहेको बताए।


यसैगरी धरान उप–महानगरपालिकाका उपमेयर अईन्द्र बिक्रम बेघाले डेंगु महामारी नियन्त्रणका लागी स्थानिय सरकार जनप्रतिनिधीहरु लागी परेपनि एकिकृत र केन्द्रिकृत रुपमा नलागेको स्विकार गरे।उनले धरानका कुनै एक स्थानलाई सेन्टर बनाएर एकिकृत र केन्द्रिकृत गर्ने हो भने सबै ठाउमा सेवा सुविधा पुर्याउन सकिने ठोकुवा समेत गरे। त्यस्तै नेपाली का्रग्रेस धरान नगर सभापति श्याम पोख्रेलले नगरले चलाएको डेंगु विरुद्धको अभियान सफल हुन नसकेको बताउदै अभियान सफल बनाउन नगरले केन्द्रिकृत गरेर अभियान चलाउनु पर्ने बताए।


सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष संजिव शर्माले डेंगु रोकथाम तथा नियन्त्रणका उपयाहरुबारे जानकारी समेत गराएका थिए।