धरानमा २४ घण्टे निषेधाज्ञा जारी

(दिव्य रोशनी)/ डेंगुको महामारी बढिरहेको धरानमा धार्मिक, साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशिलतालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालयले आज शुक्रवार मध्यरातीदेखि लागु हुने गरि २४ घण्टे निषेधाज्ञा जारी गरेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आज राती १२ बजेदेखि शनिबार मध्यराती १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेकी हुन्। यो समयभित्र धरानका २० वटै वडाहरुमा अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरीबाहेक सामुहिक रुपमा गरिने सामाजिक, धार्मीक, राजनैतिकसभा, र्याली÷ भेला÷ जम्मा कुनै पनि कार्यक्रमहरु नगर्न, नगराउन प्रशासनले निषेधाज्ञा जारी गरेको छ। आदेश विपरीत भएमा वा अटेर गरेमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही हुने पनि उल्लेख छ।

One thought on “धरानमा २४ घण्टे निषेधाज्ञा जारी

टिप्पणीहरू are closed.