संखुवासभामा गत वर्षको तुलनामा बढी मुद्दा फैसला

मोहन कुमार राई
सङ्खुवासभा,/

सङ्खुवासभा जिल्ला अदालतले गत वर्ष भन्दा यो वर्ष बढी मुद्दा फैसला गर्न सफल भएको जनाएको छ।
जिल्ला अदालत सङ्खुवासभाले मंगलवार आयोजित वार्षिक कार्ययोजनाले तय गरेको कार्यक्रम अन्तरगत नागरिक समाजसँग गरेको अन्तरक्रिया कार्यक्रममा सो कुरा जानकारी गराएको हो। कार्यक्रममा सङ्खुवासभा जिल्ला अदालतमा परेका विभिन्न प्रकृतिका मुद्दा र अदालतले पु¥याएको सेवा प्रवाहको वारेमा आ.व. २०७९/०८० मा जम्मा अदालतमा परेका विभिन्न प्रकृतिका मुद्दा ६ सय ७७ थान मुद्दा मध्ये ५ सय ३९ थान मुद्दा फछ्र्याैट गर्न जिल्ला अदालत सफल भएको सङ्खुवासभा जिल्ला अदालतका स्रेस्तेदार रामचन्द्र केसीले बताउनु भयो। उहाँले अघिल्लो आर्थिक वर्ष ०७८/०७९ को आर्थिक वर्षको असार मसान्तसम्म १ सय ३८ थान मुद्दा फैसला हुन बाँकी रहेको समेत जानकारी दिनुभयो।
कार्यक्रममा जिल्ला न्यायाधिश टेकनाथ गौतमले वार्षिक कार्ययोजनामा उल्लेख भए वमोजिम ८० प्रतिशत माथि मुद्दा फैसला गर्न जिल्ला अदालत सङ्खुवासभा सफल भएको बताउँदै जिल्ला अदालतमा परेका हरेक प्रकृतिका मुद्दाको फैसला गर्दा कानुनी प्रमाण र दसीका आधारमा न्यायको सिद्धान्तलाई टेकेर मुद्दा फैसला हुने गरेको बताउनु भयो ।
अदालतमा फौजदारी प्रकृतिका मुद्दा भन्दा देवानी प्रकृतिका मुद्दा बढी परेको जिल्ला अदालत चैनपुरले जनाएको छ । सङ्खुवासभा जिल्ला अदालतमा दर्ता भएका कतिपय मुद्दा मेलमिलाप केन्द्रबाट मिलाउने गरिएको बताउँदै मिल्नै नसक्ने प्रकृतिका मुद्दा मात्र अदालतमा आइपुग्ने गरेको न्यायाधिश गौतमले बताउनु भयो । मुलुकमा संघीयता कार्यान्वयन भएसँगै पालिका स्तरबाट न्यायिक समितिले समेत मुद्दा हेर्ने गरेको हुँदा मुद्दाको फैसला प्रकृति अनुगमनको क्रममा जिल्ला अदालत सङ्खुवासभाले भोटखोला र सिलिचोङ बाहेक सबै पालिकामा न्यायिक समितिले गरेका कार्यको अनुगमन गरेको समेत न्यायाधिश गौतमले बताउनु भयो । कुनै पनि कसुरमा अदालतमा परेका मुद्दा सुनुवाई हुँदा प्रमाणका आधारमा मुद्दा फैसला हुने हुँदा दोषी कोही नउम्कने र निर्दोष कोही नपर्ने न्यायको सिद्धान्त अनुसार मुद्दा फैसला हुने गरेको न्यायाधिश गौतमले बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रममा समाज स्पर्श समितिका अध्यक्ष लवकुमार श्रेष्ठ, पूर्व वानेश्वर गा.वि.स. अध्यक्ष वीरेन्द्र केसी, पूर्व चैनपुर गा.वि.स. सचिव जगतबहादुर कटुवाल, नागरिक समाजका अगुवाहरु भीमबहादुर कडेल, टीकाराम शाही, सुमित्रा श्रेष्ठ, भीमबहादुर न्यौपाने, रमेश कर्माचार्य सहित चैनपुर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष शिखर शर्मा, वडा नं ८ का वडा अध्यक्ष देवराज राई, वडा नं ७ का का.वा. वडा अध्यक्ष मेखबहादुर विक लगायत मेलमिलापकर्ता मनमाया तामाङले अन्तरक्रियामा भाग लिदै अदालतले पु¥याउने न्यायिक सेवा प्रवाहमा चुस्त दुरुस्त गर्न सुझाव दिदै जिल्ला अदालतले गरेका हरेक फैसला कानुनी प्रमाणको आधारमा दोषी कोही नउम्कने र निर्दोष कोही नफस्ने नीतिका साथ फैसला हुँदै आएकोमा अदालतको न्यायिक सेवा सम्बन्धी कार्यको सहभागीहरुले प्रशंसा गरेका थिए।