धरानमा ईन्टरनेशनल ट्रेल रेस नेपाल २१ किमी हुने

दिव्य रोशनी(धरान)÷खेलकुदको शहर धरानलाई विश्वमा दौड मार्फत चिनाउन ईन्टरनेशनल टे«ेल रेस नेपाल २१ किमी हुने भएको छ।
नेपाल रन युके र धरान रन समुहको संयुक्त आयोजनामा आगामी असोज २७ गते धरानमा आयोजना हुन लागेको सो ट्रेल रेस नेपालको आज बुधबार एक पत्रकार सम्मेलन मार्फत जानकारी दिईयो। पत्रकार सम्मेलनमा धरान रन समुहका अध्यक्ष रोमु राईले खेलकुदको सहरको रुपमा धरानलाई विश्वमा चिनाउन ट्रेल रेस आयोजना गरिन लागेको बताए । उनले यस प्रतियोगिताले धरानको आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने समेत बताए।


सहरी सडकबाट टाढा रहेर प्रकृतिसँग रमाउदै रमणीय डाँडाखापा, खोलाखोल्सी, भञ्ज्याङ तथा गोरेटोहरुमा दौडिनुलाई ट्रेल रेस भनिन्छ । यो रेस धरान १३ र २० को सिमाना रहेको ओशो पार्कबाट शुरु हुनेछ । चिण्डे डाँडा, विष्णुपादुका मन्दिर जाने ओरालो बाटो, भञ्ज्याङ, ब्रिटिश गोर्खा मेमोरियल पार्कबाट पुनः भञ्ज्याङ हुदै चिण्डे डाँडा एक फन्को मारेर पुनः ओशो पार्कमा पुगेर दौड समापन हुनेछ । यो दौडको दुरी २१ किलोमिटर रहेको पनि अध्यक्ष राईले बताए ।
ट्रेल रेसमा भारत, हङकङ र युकेबाट पनि सहभागी हुने भएका छ। यसपटक हुन लागेको ट्रेलरेसमा १ सय ५० जना मात्र धावक/धाविकाहरु सहभागी हुने आयोजकले जनाएको छ। प्रतियोगिताका विजेता महिला तथा पुरुष प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्रदान गरिने आयोकजले धरान रनले जनाएको छ ।