सोमवार थप १२८१ जनामा कोरोना संक्रमण पुष्टिः ८ को मृत्यु

(दिव्य रोशनी)/ नेपालमा सोमवार थप १ हजार २ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा १२२७ जना र एन्टिजेन परीक्षणमा ५४ जना गरी १ हजार २ सय ८१ जनामा संक्रमण पुष्टि भएको हो। यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८५ हजार ९ सय पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर २ सय ५५ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७५ हजार ५ सय ५५ पुगेको छ।
यसैगरी यसैगरी पछिल्लो पटक थप मृतक ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ३ हजार ९१ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published.