धरानमा पुष्प प्रर्दशनी मेला शुरुः मेलामा हजार बढी प्रजातीका फुलहरु (भिडियो सहित)
दिव्य रोशनी(धरान)/ धरानमा प्रदेश १ स्तरीय पुष्प प्रर्दशनी मेला शुरु भएको छ ।
कोभिड महामारीका कारण ३ वर्षदेखि स्थगित रहेको प्रदेश स्तरीय पुष्प व्यापार तथा प्रदर्शनी मेला धरानमा आज बुधवारदेखी शुरु भएको हो । पब्लिक हाईस्कुलको मैदानमा आयोजित प्रदेश स्तरिय पुष्प प्रदर्शनी तथा बिक्री मेलाको उद्धघाटन प्रदेश १ का उद्योग कृषि तथा सहरी बिकास मन्त्रालय प्रदेश नं १ का मन्त्री भक्ति प्रसाद सिटौलाले गरेका छन्।

मेलाको उद्धघाटन गर्दै मन्त्रि सिटौलाले आफु दुखी भएरपनि अरुलाई खुसी बनाउनका लागी गरिने व्यावसाय पुष्प व्यावसाय भएको बताए। उनले पुष्प व्यावसायीहरुलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नसक्ने क्वालिटीका फुलहरु उत्पादन गर्न आग्रह गर्दै सरकारले पनि साथ र सहयोग गर्ने बताए। यसैगरी धरान उप–महानगरपालिकाका उपमेयर आईन्द्र बिक्रम बेघाले नेपालमा फुलको आयातलाई रोक्न प्रदेस स्तरबाटै निती र नियम बनाउने हो भने निराकारण गर्न सकिने बताए। उनले धरानलाई फुलको शहर बनाउन पुष्प व्यावसायीहरुको अभियानलाई उप–महानगरपालिकाले सहयोग गर्ने समेत बताए।
कार्यक्रममा प्रदेस साभासद रमेश बस्नेत, फ्लोरिकल्चर एशोसिएसनका केन्द्रिय अध्यक्ष मीन बहादुर तामाङ, उद्योग कृषि तथा सहरी बिकास मन्त्रालयका सचिव मेघनाथ तिम्सीना, धरान १४ नं वडाका वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराई लगायतले पुष्प प्रदर्शनीको सफलताको शुभकामना दिएका थिए। फ्लोरिकल्चर एसोसिएसन नेपाल सुनसरीका अध्यक्ष खगेन्द्र पोख्रेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा शिव कुमारी बान्तवाले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

मेलाका संयोजक युमिनहाङ राइका अनुसार यही माघ २९ गतेसम्म संचालन हुने मेलमा १ अफिसियल स्टल १ प्रतिस्पर्धाको स्टल र अन्य ४८ वटा व्यवसायिक स्टल रहेका छन्। जसमा हजार भन्दा बढी प्रजातीका फुल र आवश्यक कम्पोष्ट मल, बिउविजन, कृषि औजार, उपकरण र विषादी लगायत प्रर्दशनी तथा बिक्रीका लागी राखिएको छ।
प्रदेश १ सरकार र धरान उपमहानगरपालिकाको आर्थिक सहयोगमा शुरु भएको पुष्प मेलामा ५० हजार भन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने र ५० लाखको कारोबार हुने आयोजकले जनाएको छ। २०११ सालबाट पुष्प व्यवसाय शुरु भएको नेपालमा हाल ६ सय ९७ नर्सरी स्थापना भइसकेको छ। करिब साढे २ अर्बको बार्षिक कारोबार भइरहेको तथ्याङ्क छभने व्यवसायमा ४० करोड बढी लगानी रहेको छ । प्रदेश १ मा मात्र ६५ बढी पुष्प व्यवसायीहरु रहेका छन् भने १३ करोडको बार्षिक करोबार भइरहेको छ । जसमा २ हजार भन्दा बढी व्यक्तिले प्रत्यक्ष, अप्रत्यक्ष रोजगार प्राप्त गरेको फ्लोरिकल्चर एसोशिएसन नेपाल सुनसरीले जनाएको छ ।
Pingback: orange hawaiian mushroom for sale magic boom bars where to buy psilocybin capsules for sale
Pingback: สล็อต ฝากถอน true wallet เว็บตรง 888pg